शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

वरिष्ठ पर्यटनकर्मी खन्नाको ८३ वर्षको उमेरमा निधन

images
images
वरिष्ठ पर्यटनकर्मी खन्नाको ८३ वर्षको उमेरमा निधन

खन्ना १९६८ मा बिक्री निर्देशकका रूपमा यती ट्राभल्स प्रवेश गरेका थिए। त्यसको चार वर्षभित्रै उनी यती ट्राभल्सको प्रबन्ध निर्देशक बन्न सफल भएका थिए।

images
images

काठमाडौं- वरिष्ठ पर्यटनकर्मी ज्योतिलाल (जेएल) खन्नाको निधन भएको छ। नेपालको आतिथ्य सत्कार उद्योगमा ४५ वर्ष काम गरेर अहिलेको अवस्थासम्म ल्याउन धेरै नै ठूलो योगदान पुर्‍याएका खन्नाको ८३ वर्षको उमेरमा मंगलबार राति भारत नयाँदिल्लीस्थित निवासमा हृदयाघातबाट निधन भएको हो। 

images
images
images

सन् १९३९ मे १० मा लाहोर (भारत-पाकिस्तान छुट्टिनुअघि) मा जन्मिएका खन्ना २१ वर्षको उमेरमा स्नातक सकेपछि १९६० मा नेपाल आएका थिए। ६२ वर्षअघि नेपाल आएका खन्नाले काठमाडौं डिल्लीबजारस्थित होटल कोरोनेसनमा प्रबन्धकको जागिरबाट व्यावसायिक जीवन सुरुवात गरेका थिए।

images

खन्ना १९६८ मा बिक्री निर्देशकका रूपमा यती ट्राभल्स प्रवेश गरेका थिए। त्यसको चार वर्षभित्रै उनी यती ट्राभल्सको प्रबन्ध निर्देशक बन्न सफल भएका थिए।

images

नेपाललाई बढी पैसा खर्च गर्नुपर्ने गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने श्रेय खन्ना जाने गर्दछ। सन् १९७५ मा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर स्थापना गर्दाका संस्थापक सदस्य तथा कोषाध्यक्ष खन्नाले जीवनका साढे चार दशक नेपालको पर्यटन प्रवर्द्धन र विकासमा खर्चिएका थिए।

images
images

खन्ना वर्ल्ड एसोसिएसन अफ ट्राभल एजेन्ट्स (वाटां) र अमेरिकन सोसाइटी अफ ट्राभल एजेन्ट्स (आस्टा) मा समेत आबद्ध थिए। सन् २००१ देखि २००४ सम्म नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) मा अध्यक्षको जिम्मेवारी सम्हालेका खन्ना हिमालयन उद्धार संघ (एचआरए) का संरक्षक पनि थिए।

images

प्रकाशित : बुधबार, साउन २५ २०७९११:०६

प्रतिक्रिया दिनुहोस