शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरूले अब हवाई व्यवसाय गर्न नपाउने

नेकोन एयर र हिराज कन्स्ट्रक्सन प्राधिकरणको कालोसूचीमा

images
मंगलबार, साउन २४ २०७९
images
नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरूले अब हवाई व्यवसाय गर्न नपाउने
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पौने ५ करोड नर्तिने नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको छ।

images
images
images

प्राधिकरणले नेकोन एयरसहित हिरोज कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो। प्राधिकरणले नेकोन एयरलाई एयरलाइन्सको ब्यापारमा नै प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखेको हो।

images
images

यसैगरी हिरोज कन्स्ट्रक्सनलाई भने सिभिल वर्क काममा प्रतिबन्ध लगाउने गरी कालो सूचीमा रोखेको छ। पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन लगायतका सेवाहरू उपल्बध गराए वापत एयरलाइन्सले प्राधिकरणलाई बुझाउनु पर्ने ४ करोड ७२ लाख २५ हजार ३ सय ४३ रुपैयाँ लामो समयदेखि भुक्तानी नगरेको र बारम्बार पत्राचार गर्दा पनि सम्पर्कमा नआएको भन्दै कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ।

images
images

कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो। प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले नेकोन र हिराज कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेका हुन्।

यस्तो छ नेकोन एयरको सञ्चालकहरूको विवरण

ni.JPG

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend