शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बर्खास्तीमा परेका निगम अध्यक्ष अधिकारी अख्तियारको निगरानीमा

images
मंगलबार, साउन २४ २०७९
images
बर्खास्तीमा परेका निगम अध्यक्ष अधिकारी अख्तियारको निगरानीमा
images
images

काठमाडौं- बर्खास्तीमा परेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन सुरु गरेको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिवको नेतृत्वमा बनेको छानबीन समितिले दिएको तथ्यप्रमाण तथा २०७६ सालमा अख्तियारमा परेको उजुरीको विषयलाई लिएर अख्तियारले अधिकारीमाथि छानबीन थालेको हो।

images
images

सचिवको नेतृत्वमा बनेको छानबीन समितिले निगमको जहाज एक निजी कम्पनीलाई भाडामा दिँदै आर्थिक हिनामिना गरेको, आफू निकट कर्मचारीलाई आर्थिक चलखेल गर्दै बढुवा तथा सरुवा गरेको विषयमा छानबीन गर्न आवश्यक रहेको भन्दै अख्तियारलाई सिफारिस गरेको थियो।

images
images

छानबीन समितिको सिफारिस र २०७६ सालमा अर्थ विभाग प्रमुख हुँदा गरेको आर्थिक अपचलनको विषयले बर्खास्तीमा परेका निगम कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबीन सुरु भएको अख्तियार स्रोतको दाबी छ।

यता सरकारले बर्खास्त गरेपनि अधिकारी भने निगममा आइतबार हाजिर भएर आर्थिक स्वार्थ जोडिएको फाइलहरूमा तोक आदेश दिँदै   केही कर्मचारी लिएर उपत्यका बाहिर भ्रमणमा निस्किएका थिए।

यसअघि निगमलाई चरम आर्थिक संकटमा पुर्‍याउने गरी काम गरेको भन्दै अधिकारी विरुद्ध अख्तियारमा उजुरी परेको थियो। २०७६ साउन २८ गते अधिकारीमाथि छानबीनका लागि भन्दै उजुरी परेको थियो।

अख्तियारले पनि उजुरीउपर अहिले पनि छानबीन गरिरहेको छ। फेरि मन्त्रालयले छानबीनका लागि सिफारिस गरेको हो। अधिकारीकै विषय २०७६ कात्तिक ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव स्तरीय निर्णय हुँदै अधिकारीमाथि छानबीन गर्न उपसचिवको नेतृत्वमा समिति गठन भएको थियो।

तत्कालीन समयमा समितिले अधिकारीको शैक्षिक प्रमाणपत्र, रकम भुक्तानीको विषय र एक महिला कर्मचारीलाई योग्यता नपुगेकै अवस्थामा अर्थ विभागमा जिम्मेवारी दिएको विषय छानबीन गर्दै अख्तियारलाई आवश्यक कारबाही गर्न सिफारिस भएको थियो।


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend