शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

रामघाट विमानस्थल निर्माणको ईआईए तयार गर्न क्षेत्र निर्धारण

बहुवर्षीय आयोजनका लागि चालु आवमा मात्रै ४ करोड २७ लाख बजेट

images
मंगलबार, साउन २४ २०७९
images
images
रामघाट विमानस्थल निर्माणको ईआईए तयार गर्न क्षेत्र निर्धारण
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेत भेरी गंगा रामघाट विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारणसम्बन्धी सूचना जारी गरेको छ।

images
images
images

यो विमानस्थल आन्तरिक हवाई जहाज उडान तथा अवतरणका लागि निर्माण हुने प्राधिकरणले जनाएको छ। पूर्व पश्चिम फैलिने विमानस्थलको धावनमार्ग २७ सय ९० मिटर लामो तथा ४५ मिटर चौडा हुने प्राधिकरणले जनाएको छ।

images
images

धावनामार्गसँगैको एउटा ट्याक्सी वे मार्ग १२ सय ९६ मिटर लामो तथा ३० मिटर चौडा हुने प्राधिकरणले जनाएको छ। यसैगरी २ वटा लिंक ट्याक्स वे मार्ग १३७.५ मिटर लामो तथा ३० मिटर चौडा हुने छ।

images
images
images

विमानस्थलमा एप्रोन ७ सय मिटर लामो तथा १३० मिटर चौडा रहनेछ। २२४.४ हेक्टर क्षेत्रमा निर्माण हुने विमानस्थलमा  टर्मिनल भवन, स्टाफ क्वाटर तथा पार्किङ लगायतको संरचना निर्माण हुने छ।

आयोजनको परामर्शदाता प्याक्ट कन्सल्टयान्ट रहेको छ। यो विमानस्थल निर्माणको काम थालनीकै लागि नेपाल नागरिक उड्डयान प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत ४ करोड ४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ।

1437db97-7de0-43dd-bfaa-d1128e5acc34.jpg

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend