मंगलबार, वैशाख ११ गते २०८१    
गञ्जागोल तारले गिज्याइरहेको पर्यटकीय सहर [फोटो फिचर]

गञ्जागोल तारले गिज्याइरहेको पर्यटकीय सहर [फोटो फिचर]

काठमाडौं- उपत्यकामा घुम्न आउनेहरूका लागि ठमेल आसपासको क्षेत्रले आफ्नो बेग्लै परिचय बनाएको छ। त्यसमा पनि न्यूरोड हुँदै बसन्तपुर छेउछाउका सम्पदादेखि साँघुरा गल्लीहरूमा चलायमान ठमेल बजारसम्म नियाल्नेहरू हरेक दिन हजारौँ हुन्छन्। 

images
images
images

यस्तोमा पर्यटकीय सहरको कुनोमा चलायमान रहने दृश्यहरूमा वर्षौंदेखि कसिङ्‍गर बनिरहेको छ अव्यवस्थित तारहरू। त्यही तारको कच्याङकुचुङसँगै खाँदिएका विज्ञापन बोर्डहरू र चुनाव सकिएको महिनौँसम्म पनि ननिकालिएका पार्टीका झण्डाहरूले कुरुपता थपेका छन्।

cable tar city (12).jpg

सहरको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भनेर बेलाबखत कुरा उठ्ने गरेको भए पनि काम भने देखिएको छैन। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा गएको बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले पनि ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको बताए। बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाएर व्यवस्थित गर्ने भन्दै सात सदस्यीय समितिसमेत गठन गरेको छ।

बारम्बार कुरा उठेर काम नहुने परिपाटी अन्त्य हुँदै यसपटक ठमेलका कुनाकाप्चा गञ्जागोल ताररहित भएर साच्चै सुन्दर होला त?

cable tar city (2).jpg
cable tar city (4).jpg
cable tar city (6).jpg
cable tar city (8).jpg
cable tar city (9).jpg
cable tar city (10).jpg
cable tar city (11).jpg
cable tar city (3).jpg
cable tar city (5).jpg
cable tar city (7).jpg


प्रकाशित : शनिबार, साउन २१ २०७९०३:०४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार