शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

images
बिहीबार , साउन १९ २०७९
images
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
images
images

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो। 

images
images
images

सचिवको नेतृत्वमा बनेको छानबिन समितिले एक दर्जनभन्दा बढी आरोप लगाउँदै अधिकारीलाई बखास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोही प्रस्तावको आधारमा अधिकारीलाई बर्खास्त गरिएको हो।

images
images

उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो।

images
images

अधिकारीलाई यसअघि पनि नागरिक उड्डयन मन्त्रालयका  सचिवको नेतृत्वमा छानबीन समिति गठन गरी अध्यक्ष पदबाट निलम्बन गरिएको थियो। तर सर्वोच्चले छानबीनपछि निर्णय गर्ने अधिकार सरकारको क्षेत्रभित्र पर्ने भएपनि छानबीनकै क्रममा निलम्बन गर्नु नपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

सचिवको संयोजकत्वमा बनको छानबीन समितिले अधिकारीमाथि व्यवस्थापकीय सिप नभएको, पदअनुसारको आचरण नभएको र आर्थिक हिनामिनामा लागेको आरोपसहित बर्खास्तीका लागि सिफारिस गरेको थियो।

 


प्रकाशित : बिहीबार , साउन १९ २०७९०९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend