शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

एयरपोर्टबाट हेलिप्याड भक्तपुरको नलिनचोकमा सारिँदै, १६ करोड बजेट छुट्याइयो

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हट्ने, भक्तपुरमा टर्मिनलसहितको पूर्वाधार निर्माण हुने 

images
images
एयरपोर्टबाट हेलिप्याड भक्तपुरको नलिनचोकमा सारिँदै, १६ करोड बजेट छुट्याइयो

नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिप्याड बन्ने छ

images
images

काठमाडौं- नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड सारेर भक्तपुरको नलिनचोकमा लैजान १६ करोड बजेट विनियोजन गरेको छ। 

images
images
images

प्राधिकरणले भक्तपुरमा टर्मिनलसहितको सुविधा सम्पन्न हेलिप्याड बनाउन बजेट विनियोजन गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाएर भक्तपुर सार्ने योजना अनुसार प्राधिकरणले बजेट विनियोजन गरेको हो। 

images

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको र सुरक्षित र द्रुत सेवाका लागि हेलिप्याड हटाउने निष्कर्षमा प्राधिकरण पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाएर हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण गर्ने प्राधिकरणको योजना छ। 

images

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। हेलिकप्टरका लागि पनि दैनिक यात्रुहरू विमानस्थलकै सुरक्षा घेरा पार गर्दै गइरहेका हुन्छन्। 

images
images

अरु सबै उडानको प्रकृति उस्तै भए पनि हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने प्राधिकरणले निष्कर्ष निकालेको छ। 

उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडानमा जाने यात्रुहरू हेलिप्याडसम्मै पुगेर यात्रा गर्ने गरेका छन्। हेलिकप्टर पनि सँगै हुँदा कतिपय नेताहरू प्रोटोकलविपरीत निजी गाडी हेलिप्याडसम्मै लैजाने गरेका छन्। 

प्राधिकरणले निरन्तर ताकेता गरे पनि भीआइपीहरूले आफ्नो गाडी हेलिप्याडसम्म लैजाने गरेका छन्। नियमन कठिन भएकाले पनि हेलिप्याड स्थानान्तरण गर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। 

नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिप्याड बन्ने छ। 

हेलिप्याड तथा अन्य पूर्वाधारका लागि १५ करोड विनियोजन गरिएको छ भने टर्मिनल भवनका लागि १ करोड बजेट छुट्याइएको छ। नलिनचोकमा विमानस्थलकै जस्तो पूर्वाधार निर्माण हुने छ। 

सञ्चालन प्रणालीदेखि सुरक्षाका उपकरणमा थप लगानी गर्नुपर्ने हुन्छ। यो कामका लागि अहिले बजेट विनियोजन गरिएको छैन। 

images

प्रकाशित : बुधबार, साउन १८ २०७९०३:१२

प्रतिक्रिया दिनुहोस