शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

७ आन्तरिक विमानस्थल निर्माण अध्ययन र 'ईआईए'का लागि ८ करोड ७० लाख

images
मंगलबार, साउन १७ २०७९
images
७ आन्तरिक विमानस्थल निर्माण अध्ययन र 'ईआईए'का लागि ८ करोड ७० लाख
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा ७ वटा नयाँ आन्तरिक विमानस्थल निर्माणको अध्ययन तथा वातावरणीय प्रभाव अध्ययनका लागि बजेट विनियोजन गरेको छ।

images
images
images

प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा ८ करोड ७० लाख ८८ हजार ४ सय ९५ रुपैयाँ विनियोजन गरेको छ। प्राधिकरणले डडेलधुरामा विमानस्थलको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययनका लागि २२ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ। यो विमानस्थल कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा पर्छ।

images
images

यसैगरी प्राधिकरणले अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुमको चौरजहारी विमानस्थलको विस्तृत अध्ययन तथा विस्तारका लागि ७ करोड ७ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ।

images
images

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन वातावरणीय प्रभाव मूल्यांकनका लागि २२ लाख १२ हजार रुपैयाँ र सिन्धुली विमानस्थलमा वातावरणी प्रभाव मूल्यांकनका लागि १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ।

साथै बाग्लुङको अर्नाकोटमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न २२ लाख १२ हजार रुपैयाँ र दाङ (नारायणपुर) विमानस्थलको विस्तृत वातावरणीय प्रभाव अध्ययनका लागि ८ लाख ८४ हजार रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।


प्रकाशित : मंगलबार, साउन १७ २०७९१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend