शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चार दिनदेखि हवाई सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १६ २०७९
images
चार दिनदेखि हवाई सेवा अवरुद्ध
images
images

हुम्ला- हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ। बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो।

images
images
images

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन।

images
images

हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताए।

images
images

सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन्। तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ। रासस


प्रकाशित : सोमबार, साउन १६ २०७९०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend