काठमाडौं -नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० का लागि झन्डै ४२ अर्ब रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्राधिकरणले ४१ अर्ब ८५ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।
प्राधिकरणले देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको विकास र स्तरोन्नति लाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ। साउन ८ गते पोखरामा बसेको सञ्चालक समितिको बैठले पास गरेको हो।
यता कर्मचारीको बोनसका लागि बजेटमा ४ करोड ४२ लाख रुपैयाँ विनियोजन समेत गरेको छ। प्राधिकरणले सरकार दिन ऋण र आम्दानीलाई प्रक्षेपण गरेर बजेट बनाउँदै आएकाे छ। चालु वर्ष पनि बिमानस्थल पूर्वाधारमा बजेट मार्फत जाेड दिइएकाे छ।