आइतबार, भदौ २३ गते २०८१    
images
images

दुई विदेशी एयरलाइन्सले नियमित उडान गर्दै 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन १४ २०७९
images
images
दुई विदेशी एयरलाइन्सले नियमित उडान गर्दै 

विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १० हजार ६६० उडान/ अवतरण भएका छन्। 

images
images

काठमाडौं- कोरोना महामारीको प्रभाव न्यूनीकरणसँगै खुकुलो भएको अन्तर्राष्ट्रिय यात्राको प्रभाव नेपालको पर्यटनमा पनि देखिन सुरु भएको छ। 

images
images
images

पछिल्लो समय विदेशी पर्यटकको आगमनमा वृद्धि भएसँगै नेपालमा उडान गर्ने एयरलाइन्सहरूले उडान संख्या पनि बढाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सहरूले उडान संख्या थप गरिरहेका छन्। 

उडान गरिरहेकै एयरलाइन्सहरूले थप गर्नेसँगै नियमित उडान सुरु गर्ने तयारी पनि एयरलाइन्सले गरिरहेका छन्। पछिल्लो समय दुई विदेशी एयरलाइन्सले नेपालमा नियमित उडान सुरू गर्नेभन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेका छन्। 

पछिल्लो समय कार्गो उडान गरिरहेको हङकङको ध्वजाबाहक क्याथे प्यासेफिकले हङकङ- काठमाडौं उडानका लागि अनुमति माग गरेको छ। हप्तामा १ उडान गर्नका लागि क्याथेले  अनुमति पाइसकेको छ। असोज १५ गतेदखि क्याथेले उडान गर्ने तयारी गरेको छ। हङकङमा कोभिड महामारिकालीन क्वारेन्टिङ नियम कायमै रहेकाले यात्रा अझै सहज भएको छैन। हाल यो गन्तव्यमा नेपाल एयरलाइन्सले मात्र उडान गरिरहेको छ। 

images

क्याथेसँगै वीज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति माग गरेको छ। युरोपियन एयरलाइन्स वीजले सयुक्त अरब इमिरेट्सको आबुधाबीबाट भैरहवा उडानका लागि अनुमति मागेको छ। यो एयरलाइन्सले हप्तामा तीन उडान गर्नेगरी अनुमति मागेको छ। 

भैरहवामा अहिले जजिरा एयरवेजले कुवेत उडान गर्दै आएको छ। वीजले उडान सुरु गरेपछि दोस्रो एयरलाइन्स हुने छ। वीजले १९० सिटको जहाजबाट उडान गर्ने आवेदनमा उल्लेख गरेको छ। 

वीज एयर हंगेरीको एयरलाइन्स हो। यसले मध्यपूर्वलाई आधार बनाएर पनि उडान गर्दै आएको छ। भैरहवा उडान यो एयरलाइन्सले मध्यपूर्व आधारबाट हुने छ। 

पछिल्लो समय अन्तर्राष्ट्रिय उडानमा स्पष्ट पुनरुत्थान देखिएको छ।  सन् २०२२ को छ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ लाख १४ हजार १९१ जनाले यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्यांकअनुसार यो बीचमा ८ लाख २८ हजार ३६६ जना बाहिरिएका छन् भने ६ लाख ८५ हजार ८२५ जना भित्रिएका छन्। 

सन् २०२१ देखि नै आन्तरिक उडान लयमा देखिएपनि अन्तर्राष्ट्रिय उडानमा खासै सुधार भएको थिएन। मुख्य गन्तव्यहरूमा उडान प्रतिबन्ध कायमै रहँदा सन् २०२१ भर अन्तर्राष्ट्रिय उडानले लय समात्न सकेको थिएन। तर सन् २०२२ सुरु भएसँगै अधिकांश गन्तव्य मुलुकले उडान नियम खुकुलो बनाएका छन्। 

उडान सञ्जाल जोडिएका मुलुकले बनाएको खुकुलो नियम, वैदेशिक रोजगारीमा भएको वृद्धिका कारणले गर्दा अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको हो। 

विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १० हजार ६६० उडान/ अवतरण भएका छन्। 

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्समा कतार एयरवेज एक नम्बरमा रहेको छ। सन् २०२२ को जनवरीदेखि जुन अन्तिमसम्म ३ लाख १२ हजार ८१९ यात्रुलाई सेवा दिएको छ। 

 


प्रकाशित : शनिबार, साउन १४ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend