काठमाडौं- सन् २०२२ को ६ महिनामा २१ हजार २३१ जनाले हेलिकप्टर सेवा लिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमासन्थलको तथ्यांकअनुसार ११ वटा हेलिकप्टर कम्पनीले यो अवधिमा उडान सेवा दिएका छन्।
काठमाडौंलाई आधार बनाएर गरिएका उडानबाट ६ महिनामा २१ हजार यात्रुले सेवा लिएका हुन्।
नेपालमा हेलिकप्टर कम्पनीले विशेषगरी आपतुकालीन उद्दारका लागि उडान गर्दै आएका छन्। उच्च हिमाली क्षेत्रमा जाने पर्यटकदेखि बिरामीका लागि हेलिकप्टरले सेवा दिइरहेका छन्।
तथ्यांक अनुसार पछिल्लो छ महिनामा सबैभन्दा धेरै अल्टिच्युड एयरले ३ हजार ६९ यात्रुलाई सेवा दिएको छ। त्यस्तै दोस्रोमा मनाङ एयरले २ हजार ८९९ जनालाई सेवा दिएको छ। तेस्रोमा कैलाश हेलिकप्टरले २८ हजार ४ जनालाई सेवा दिएको छ।