शनिबार, वैशाख २२ गते २०८१    
images
images

लयमा फर्कियो अन्तर्राष्ट्रिय उडान, छ महिनमा १५ लाख १४ हजार यात्रु

कतार एयरवेज एक नम्बरमा, पछ्याउँदै नेपाल एयरलाइन्स 

images
images
images
लयमा फर्कियो अन्तर्राष्ट्रिय उडान, छ महिनमा १५ लाख १४ हजार यात्रु

विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १० हजार ६६० उडान/अवतरण भएका छन्। 

images
images

काठमाडौं- सन् २०२२ को छ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ लाख १४ हजार १९१ जनाले यात्रा गरेका छन्। 

images
images
images

विमानस्थल कार्यालयको तथ्यांकअनुसार यो बीचमा ८ लाख २८ हजार ३६६ जना बाहरिएका छन् भने ६ लाख ८५ हजार ८२५ जना भित्रिएका छन्। 

images

सन् २०२१ देखि नै आन्तरिक उडान लयमा देखिएपनि अन्तर्राष्ट्रिय उडानमा खासै सुधार भएको थिएन। मुख्य गन्तव्यहरुमा उडान प्रतिबन्ध कायमै रहँदा सन् २०२१ भर अन्तर्राष्ट्रिय उडानले लय समात्न सकेको थिएन। तर सन् २०२२ सुरु भएसँगै अधिकांश गन्तव्य मुलुले उडान नियम खुकुलो बनाएका छन्। 

images

उडान सञ्जाल जोडिएका मुलुकले बनाएको खुकुलो नियम, वैदेशिक रोजगारीमा भएको वृद्धिका कारणले गर्दा अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको हो। 

images
images

विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १० हजार ६६० उडान/अवतरण भएका छन्। 

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्समा कतार एयरवेज एक नम्बरमा रहेको छ। सन् २०२२ को जनवरीदेखि जुन अन्तिमसम्म ३ लाख १२ हजार ८१९ यात्रुलाई सेवा दिएको छ। 

त्यस्तै दोस्रोमा नेपाल एयरलाइन्स छ। नेपाल एयरलाइन्सले योबीचमा २ लाख ८० हजार ५०७ यात्रुलाई सेवा दिएको छ। हिमालय एयरलाइन्सले  १ लाख ८५ हजार ४१३, फ्लाई दुबईले १ लाख ५३ हजार १८९, एयर अरेबियाले ७५ हजार १२८, जजिरा एयरवेजले ७१ हजार ७१६ र एयर इन्डियाले ६० हजार १९३ यात्रु बोकेका छन्। 

images

प्रकाशित : बिहीबार , साउन १२ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस