शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सन् २०२२ को ६ महिनामै २२ लाख ९० हजारले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

images
बुधबार, साउन ११ २०७९
images
सन् २०२२ को ६ महिनामै २२ लाख ९० हजारले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को ६ महिनामै झन्डै २३ लाख हवाई यात्रुले देशका विभिन्न गन्तव्यमा आन्तरिक हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ। यात्रुको संख्या बढेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले पनि जहाज थप्न प्रतिस्पर्धा नै गरेका छन्। वायुसेवा कम्पनीहरुले पनि धेरै यात्रु बोक्ने जहाज ल्याइरहेका छन्।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को ६ महिनामै करिब २३ लाख हवाई यात्रुले देशका विभिन्न गन्तव्यमा आन्तरिक हवाई यात्रा गरेका छन्।

images
images

विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को जनवरीदेखि जुनसम्म कुल २२ लाख ९० हजार ५ सय ९२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।  ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने यो अहिलेसम्मकै बढी हो।

images
images

विमानस्थल कार्यालयले सन् २०२२ मा आन्तरिक हवाई यात्रुको संख्या मात्रै ५० लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ। सन् २०२२ को जनवरीदेखि जुनसम्ममा कुल ५४ हजार ३ सय ३० वटा उडान तथा अवतरण भएका छन्।

अहिले आन्तरिक उडानमा बुद्ध, यती, श्री, सौर्य, गुण, नेपाल एयरलाइन्स, तारा, सिता र समिट एयरलाइन्सले उडान गर्दै आएको छन्। यसबाहेक झन्डै १ दजर्न हेलिकोप्टर कम्पनीले पनि सेवा दिँदै आएका छन्। हेलिकोप्टरतर्फ कैलाश, प्रभु, सिम्रिक, अल्टिच्युड, एयरडाइनेष्ट्रिक, फिस्टेल एयर, हेलिएभरेष्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, मुस्ताङ हेलिकोप्टर र श्री हेलिकोप्टरले आन्तरिक उडानमा सेवा दिँदै आएका छन्।

कुन एयरलाइन्सको बजार हिसा कति?

आन्तरिक उडानमा यात्रु  र जहाजको संख्याको आधारमा बुद्ध एयर पहिलो नम्बरमा रहेको छ। बुद्ध एयरले ६ महिनामै कुल यात्रु १२ लाख १० हजार ९ सय ४ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।

यसैगरी दोस्रो बजार हिस्सा ‍ओग्टने कम्पनी यती एयरलाइन्स हो। यतीले सन् २०२२ को जनवरीदेखि फब्रुअरीसम्म कुल यात्रु ४ लाख ९२ हजार ५ सय ५६ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।

यसैगरी तेस्रोमा श्री एयरलाइन्स रहेको छ। श्रीले ६ महिनामा कुल यात्रु ३ लाख ५१ हजार ९ सय ५१ यात्रुलाई सेवा दिएको छ।

यसैगरी, चौथोमा रहेको सौर्यले ८३ हजार ७ सय ४० र पाँचौमा रहेको  गुण एयरलाइन्सको कुल यात्रु ७९ हजार ४ सय ७६ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल एयरलाइन्सले भने जम्मा ११ हजार ३ सय ४१ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।

यसैगरी दुर्गममा उडान गर्ने तथा हेलिकोप्ट कम्पनीहरुले ६ महिनामा ६० हजार ६ सय २४ यात्रुलाई आन्तरिक हवाई सेवा दिएका छन्।

 


प्रकाशित : बुधबार, साउन ११ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend