शनिबार, वैशाख २२ गते २०८१    
images
images

भरतपुरमा विमानस्थल विस्तार र त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन जग्गा छोड्न सेना तयार

सफल होला त भरतपुर विमाानस्थल विस्तार गर्ने दशकदेखिको योजना?

images
images
images
भरतपुरमा विमानस्थल विस्तार र त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन जग्गा छोड्न सेना तयार

विस्तारपछि भरतपुर विमानस्थलको रनवे १२ सयबाट १६ सय ५० मिटरको हुनेछ, हाल एटीआर ४२ सम्मका जहाज अवतरण हुनेमा एटीआर ७२ सम्मको उडान हुनेछ

images
images

काठमाडौं- भरतपुर विमानस्थल विस्तार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन नेपाली सेनाले जग्गा छोड्ने भएको छ। यससम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच सहमति भएको हो।

images
images
images

भरतपुर विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले एक दशकअघि देखि प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।

images

अहिले एटीआर ४२ सम्मको जहाज अवतरण हुनसक्ने भरतपुर विमानस्थललाई विस्तार गरी एटीआर ७२ सम्मको जहाज अवतरण हुनसक्ने गरी विस्तार गर्ने प्राधिकरणको योजना छ। तर, विस्तारका लागि आवश्यक जग्गा नेपाली सेनाले प्रयोग गरिरहेको छ। प्राधिकरण र सेनाबीच सो जग्गा प्रदान गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

images

विमानस्थल विस्तारमा विगतमा नेपाल ट्रष्टको जग्गामा नेपाली सेनाको घोडा प्रजजन केन्द्र सार्ने र सेनाले घोडा प्रजजन केन्द्रका लागि प्रयोग गरेको जग्गा विमानस्थल विस्तारमा प्रयोग गर्ने विषय अगाडि आएको थियो। 

images
images

नेपाल ट्रष्टको जग्गा प्रयोगलगायत विमानस्थलमा रहेको अवरोधका विषयमा विगतमा पनि अध्ययन भएको थियो। तर नेपाल ट्रष्टको जग्गा प्रयोगको विषयमा सहमति हुन सकेको थिएन।

पुनः अहिले प्राधिकरण र सेनाबीच विमानस्थल विस्तारका लागि आवश्यक जग्गा सेनाले सहयोग गर्ने र प्राधिकरणले पनि विपद व्यवस्थापन लगायतका लागि हेलिप्याड लगायतको संरचना बनाई दिनेगरी सहमति भएको हो।

सहमतिसँगै प्राधिकरण र सेनाका प्रतिनिधिसहितको कार्यादल गठन भएको थियो। विमानस्थल विस्तारका लागि आवश्यक तयारीका साथ काम गर्ने गरी कार्यदलले काम सुरु गरेको प्राधिकरण महानिर्देशक अधिकारीले बताए।

‘विमानस्थल विस्तार गरी एटीआर ७२ सम्मको जहाज उडान तथा अवतरण गर्न सक्ने र रात्रीकालीन उडानसमेत हुने गरी विमानस्थल विस्तार हुन्छ,’ अधिकारीले भने, ‘कार्यदलले विमानस्थल विस्तारका लागि आवश्यक जग्गालगायत विमानस्थल विस्तारमा रहेको अवरोध हटाउने विषयमा समेत काम सुरु गरेको छ।’

भतपुर विमानस्थल विस्तारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चासो दिँदै आएका छन्। प्रचण्डले यसअघि पनि नेपाल ट्रष्टको जग्गाा सेनालाई दिएर भएपनि विमानस्थल विस्तारको काम गर्नुपर्ने भन्दै आएका थिए। साथै भरतपुर महानगरपालिकाले समेत विमानस्थल विस्तारमा चासो दिँदै पूर्ण सहयोग गर्ने बताउँदै आएको छ।

सोहीअनुसार प्राधिकरणले पनि चालु आवको बजेटमा रकम नै छुट्याएर विमानस्थल विस्तारको काम अगाडि बढाउने गरी नेपाली सेनासँग सहमतिमा काम गरिरहेको छ।

प्राधिकरणले विमानस्थलको रनवे १२ सय मिटरबाट बढाएर १६ सय ५० मिटर बनाउन लागेको छ। भरतपुर विमानस्थलको रन–वे १२ सय मिटर भए पनि आसपासमा बनेका संरचनाका कारण ९ सय मिटरमात्रै सञ्चालनमा छ।

विमानस्थलमा अवरोध खडा गर्ने संरचना पनि हटाउने तयारी प्राधिकरणले गरेको छ। प्राधिकरणले केही समयअगाडि मात्रै देशभरका विमानस्थलका अवरोध खडा गर्ने संरचनाको विषयमा अध्ययन गर्ने गरी कमिटि बनाएर काम गरिरहेको छ। 

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने विषयमा पनि सहमति भएको छ।

प्राधिकरणले तयार पारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको गुरुयोजनामा समेत विमानस्थलमा आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने विषय समावेश गरेको छ।

टर्मिनल भवन बनाउँदै विमानस्थल नेपाली सेनाले प्रयोग गरेको जग्गा र नेपाल वायुसेवाको ह्याङगर प्रयोग भएको जग्गासमेत प्रयोग गर्नु पर्नेछ। सोही विषयलाई मध्यनजर राख्दै प्राधिकरण र सेनाबीच सहमति भएको प्राधिकरण महानिर्देशक अधिकारीले बताए।

images

प्रकाशित : मंगलबार, साउन १० २०७९०३:१३

प्रतिक्रिया दिनुहोस