शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

साना किसान पशु बीमाबाट वञ्चित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ९ २०७९
images
images
साना किसान पशु बीमाबाट वञ्चित
images
images

काठमाडौं- पशु बीमा कार्यक्रमबाट साना किसान लाभान्वित हुनसकेका छैनन्। देशभर साना किसानको सङ्ख्या झन्डै ८० लाख  रहेको अनुमान छ। बीमा गर्न मध्यम तथा ठूला किसानको भने बढ्दो आर्कषण छ। उनीहरुले फर्म दर्ता नगरिकन व्यवसाय सुरु गरेका छैनन्। वित्तीय संस्थाले दर्ता नगरेका ऋणीलाई धितो लिएर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरेको छैन। 

images
images
images

गत आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या ६० हजार ६१८ छ। उनीहरुले १ खर्ब ९६ अर्ब ८४ करोड सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन्। फर्म दर्ता गरेर पशुपालन गर्ने साना किसानको सङ्ख्या न्यून छ। उनीहरुलाई फर्म दर्ता गर्ने, दर्तापछि धितो राखेर सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी कम छ। वित्तीय संस्थाले स्वीकार गर्ने, आवश्यक धितो नहुनाले साना किसान सरकारी तथा बीमा सुविधा प्राप्त गर्नबाट वञ्चित छन्। 

नेपालमा पशु बीमा कार्यक्रम आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको हो। सरकारी सेवा सुविधा प्राप्त गर्नबाट साना किसान वञ्चित भएका कारण पशुजन्य उत्पादनको आयात चुलिएको छ।

images

भन्सार विभागको तथ्याङ्कअनुसार माछा, मासु र दूध तथा दुग्धजन्य पदार्थको आयात वार्षिक रु दुई खर्बभन्दा बढी छ। पहिलो वर्ष गाईभैँसी, चौरी, भेँडा, च्याङग्रा, बाख्रा, सुङ्गुर, बङ्गुर, गधा तथा विभिन्न पक्षीपालन गर्ने किसानले रु ६१ करोड एक लाखको बीमा गरेका थिए । ती किसानलाई सरकारले रु एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको थियो ।

images

 त्यसको आठ वर्षपछि आर्थिक वर्ष २०७७/७८ सम्म ५९ प्रतिशतले बीमाङ्क बढेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ। बीमा समितिले बीमा गर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको पुष्टि गरे पनि कृषि तथा पशुपक्षीबाट उत्पादन हुने विभिन्न बस्तुको आयात घटेको छैन। आयात नघट्नुको मुख्य कारण साना किसानलाई उत्पादनमा समेट्न नसक्नु भएको विज्ञहरुको भनाइ छ। भक्तपुर सूर्यविनायक नगरपालिका–१० का बद्री दुलाल हुन् वा सुदन खड्कालाई पशु बीमाबारे राम्रो जानकारी छैन। उनीहरुले पशुपालनबाट घरायसी खाँचो टार्दै आएका छन्। उनीहरुका गोठमा तीन/चार वटा गाईभैँसी छन्।
 
एक दुधालु गाईभैँसीको मूल्य करिब एक लाखदेखि एक लाख पचास हजारसम्म पर्छ। कारणबस गाईभैँसी मरेमा उहाँहरुलाई बज्रपात पर्छ। तर उनी बीमाका बारेमा बुझाउने र सहयोग गर्ने मान्छे गोठसम्म आइ नपुगेको बताउँछन्। गाईभैँसीलाई घाँसपात, सफा सुग्घर, औषधि उपचारलगायत कामबाट फुर्सद नहुने भएकाले बीमा गर्ने निकाय गोठसम्म आउनुपर्ने उनी बताउँछन्। 

ठूला पशुपालक फर्मको गोठसम्म बीमा गर्ने निकाय पुगेको देखिन्छ तर साना किसानसम्म बीमासम्बन्धी निकाय नपुगेको गुनासो गर्छन् खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारी। उनी भन्छन्, 'पहिलो पटक स्थानीय वडा सरकारले साना किसानको पशु बीमा गरिदिनुपर्छ।'

पशुधन बीमाकर्ताले पहिलो वर्ष बीमा रकममा पाँच, दोस्रो वर्ष सात र तेस्रो वर्षदेखि कूल बीमा शुल्कको १० प्रतिशतले हुन आउने रकम भुक्तानी गर्नुपर्नेछ। सदस्य संस्थामार्फत बीमा भएमा कूल बीमा शुल्कमा १५ प्रतिशत छुट दिइने व्यवस्था पशुबीमा नीतिमा उल्लेख छ।

नीतिले बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत प्रतिवर्षका दरले शुल्क लाग्ने छ। बीमित पशुधनको सम्बन्धमा सत्यतथ्य कुरा लुकाइछिपाइ झुट्टा विवरण दिएको पाइएमा, बीमित पशुधनलाई बीमा अवधि समाप्त नहुँदै बिक्री गरेमा स्वतः रद्द हुने नीतिमा उल्लेख छ।

पशुधनकर्ताले बीमित पशु हराएमा वा चोरी भएमा निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशुको बीमा शुल्क नबुझाएको अवस्थामा र नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएमा सात दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क नबुझाएमा बीमाको दाबी रकम भुक्तान गर्न बाध्य नहुने नीतिमा उल्लेख छ। रासस


प्रकाशित : सोमबार, साउन ९ २०७९१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend