बिहीबार , वैशाख १३ गते २०८१    
८ दमकल र ३० ट्याङ्‍कर प्रयोग गरी यसरी निभाइयो भृकुटीमण्डपको आगो

८ दमकल र ३० ट्याङ्‍कर प्रयोग गरी यसरी निभाइयो भृकुटीमण्डपको आगो

बिजनेस न्युज

काठमाडौं- काठमाडौं महानगरपालिका-२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा बुधबार भएको आगलागी पाँच घण्टा लगाएर साँझ निभाइयो।

images
images
images

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपराह्न साढे २ बजेको समयमा लागेको आगो साँझ सवा ७ बजे पूर्ण नियन्त्रणमा लिइएको हो।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक र नेपाल प्रहरीको वाटर क्याननसहित आठ वटा दमकल र ३० पानी ट्याङ्‍करको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

bhrikuti aago (1).jpg

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षकसहित  सिंहदरबार, मालीगाउँ, नगर प्रहरी, ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाको टोलीसहित १२० प्रहरी परिचालन भएका थिए।

यस्तै नेपाली सेनाबाट करिब १०० जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट करिब ६० सुरक्षाकर्मीसमेत परिचालित भएको जनाइएको छ। काठमाडौं महानगरपालिकाबाट ३० नगर प्रहरी परिचालित भएका थिए।  

उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र करोडौँको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन। आगलागीका कारणसमेत नखुलेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। रासस  

bhrikuti aago (7).jpg

bhrikuti aago (3).jpg

bhrikuti aago (4).jpg
bhrikuti aago (5).jpg
bhrikuti aago (6).jpg
bhrikuti aago (8).jpg

 


प्रकाशित : बिहीबार , असार ३० २०७९०५:२९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार