शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

विमानस्थलबाट सुन छिराउन चकित पार्ने अनाैठा कला : कसरी पत्ता लगाउँछ भन्सारले लुकाएको सुन?

images
images
images
विमानस्थलबाट सुन छिराउन चकित पार्ने अनाैठा कला : कसरी पत्ता लगाउँछ भन्सारले लुकाएको सुन?

सुन, चाँदी र हिराको डेन्सिटी उच्च हुन्छ, जसका कारण एक्सरे मेसिनले छुट्टै रङ देखाउँछ। अन्य वस्तु फलाम, आल्मनियम, स्टिल लगाय वस्तुको डेन्सिटी कम हुने र कलर पनि फरक देखाउँने हुँदा कुनै धातु सुन नै हाे भनेर सहजै पहिचान गर्न सकिने कर्मचारीहरू बताउँछन्। तर, पहिचानका लागि कर्मचारीको अनुभव पनि महत्वपूर्ण हुन्छ।

images
images

काठमाडौं- तस्करहरूले विमानस्थलबाट सुन छिराउन अपनाउँदै आएका कला सामान्य मानिसका कल्पनाबाहिरका हुने गर्छन्। सोमबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तै अचम्मित पारिदिने तस्करी शैली देखियो। 

images
images
images

गएको तीन महिनाकाे अवधिमा तस्करहरूले सुटकेशको ह्याण्डिल नै सुनको बनाएर ल्याउनेदेखि कहिले बच्चाले प्रयोग गर्ने डाइपरभित्र राखेर समेत सुन ल्याएकाे भेटियो। भित्री बस्त्रमा राखेर सुन ल्याएने कुरा त सामान्य नै भइसक्याे। सोमबार पनि त्यस्तै तस्करीका लागि गजबकै दिमागी प्रयोग भएको नमूना देखियो।

images

सोमबार बिहान ११ बजे दुबई हुँदै काठमाडौं आएका एक यात्रुले बच्चाको कपडाको बटन नै सुनको बनाएर ल्याएको भेटियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले जाँचको क्रममा अन्य सामानभित्र राखिएको नाबालकले लगाउने  पाँच थान कपडाको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ ल्याएकाे ६० वटा सुनका रिङ फेला पारे।

images

पोसाकको बटनमा सुन रहेको शंकासहित कपडा निकालेर कर्मचारीले चेकजाँच गर्न थाले। ६० वटा बटनमा प्रयोग भएका १२५ ग्राम सुन फेला पारे। सुन रहेको बटनमा बाहिर भने स्टिल थियो। 

images
images

६० वटा बटनका रहेको सुन निकाल्न कर्मचारीलाई खुब सकस भयो। ५ जना कर्मचारीले झन्डै एक घण्टा लगाएर सबै बटन निकाले। सुन ल्याउने सुमन दमाईलाई सोधखोज गर्न थाले। उनले आफू भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेको सुनाए।

यसअघि पनि विभिन्न जुक्ति लाएर ल्याएका सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रण लिँदै आएको थियो। त्यसरी अचम्म अचम्मका उपाय लगाएर ल्याएकाे सुन पनि भन्सारले कसरी समात्न सकिरहेकाे छ त?

कसरी पत्ता लाग्छ लुकाएकाे सुन?

विमानस्थल भन्सार कार्यालयले यात्रुले ल्याउने सामानको चेकजाँच गर्छन्। सामान तथा मान्छे दुवैको एक्सरे गरिन्छ। एक्सरे गर्दा सामानको रङ हेरेर कुन वस्तु के हो भनेर कर्मचारीले थाहा पाउँछन्। त्यसमा पनि ५० प्रतिशत मेसिन र ५० प्रतिशत अनुभवबाट थाह पाउने कार्यरत कर्मचारी बताउँछन्।

सबैभन्दा पहिले स्क्रीनमा देखिने सामान दुई तवरबाट छुटिन्छ। सफ्ट डेन्सिटी र हाई डेन्सिटी। सुन, चाँदी र हिराको डेन्सिटी हाई हुन्छ, जसका कारण मेसिनले छुट्टै कलर देखाउँछ। अन्य वस्तु फलाम, आल्मनियम, स्टिल लगाय वस्तुको डेन्सिटी कम हुने र कलर पनि फरक देखाउँने हुँदा सहजै रुपमा सामानको पहिचान गर्न सकिने ती कर्मचारी बताउँछन्। ती कर्मचारीकै भनाईलाई आधार मान्ने हो भने अवस्थामा चाहिँ अनुभवबाट नै थाहा हुन्छ।

कसरी तयार पारिन्छ कर्मचारी?

अवैध रुपमा ल्याउन सामानको पहिचानका लागि तालिम प्राप्त कर्मचारी चाहिन्छ। यसका लागि विमानस्थल भन्सार कार्यालयले सरदरमा प्रतिकर्मचारी १० दिनको तालिममा ६० हजार रुपैयाँ खर्च गर्ने गरेको छ। 

तालिम चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणकाे भक्तपुरमा रहेको तालिम केन्द्रले दिने गरेको छ। एक पटकमा केन्द्रले ८ जना कर्मचारीलाई तालिम दिन्छ। यसरी तालिम प्राप्त कर्मचारी नै सामानको चेकजाँचमा खटिन्छन्। 

उनीहरू तालिम तथा अनुभवले खारिएका हुन्छन्। जसरी एउटा डाक्टरले विरामी भिडियो एक्सरे तथा विभिन्न चेकजाँच गरेर शरिरभित्रको अवस्था थाहा पाउँछन् उनीहरूले पनि त्यसरी नै मानिसले ल्याएको लगेजभित्र भएको सामान तथा शरीरभित्र रहेको मेटल लगायको वस्तुको पहिचान गर्ने गरेका छन्।

विमानस्थल भन्सार कार्यालयका एक कर्मचारीका अनुसार जस्तोसुकै लुकाइछिपाइ ल्याएको वस्तु पनि सहजै थाहा पाउन सकिन्छ। अहिले विमानस्थलमा तालिमप्राप्त कर्मचारी ३२ जना छन्। 

पर्याप्त कर्मचारी छन् त?

विमानस्थल भन्सार कार्यालयमा चेकजाँच लगायतको कामको लागि ६४ जना नासुको दरबन्दी छ। तर, अहिले ३६ जना मात्रै नासु छन्। यसैगरी ३२ जना अधिकृतको दरबन्दीमा पनि २० जना मात्रै छन्। जसका कारण पनि काममा भने सास्ती नै छ।

यसरी भएको दरबन्दीमा पनि विमानस्थलमा काम गर्न कर्मचारी नै रुची देखाउँदैनन्। कतिपय अवस्थामा सरुवा पनि हुन्छ। सकेसम्म तालिम प्राप्त कर्मचारीलाई सरुवा नगर्ने भनिए पनि तर त्यो पूर्ण रुपमा सम्भव नहुने विमानस्थल भन्सार कार्यालयकै कर्मचारी बताउँछन्। विमानस्थलको काम बढी दु:ख रहेको र सोहीअनुसारको सेवा सुविधा नहुँदा पनि कर्माचारी लामो समय विमानस्थलमा बस्न चाहँदैनन्। 

कस्ता व्यक्तिले बढी अवैध सामान ल्याउँछन्?

विमानस्थल भन्सार कार्यालयले अवैध रुपमा सामान ल्याउने व्यत्तिको विषयमा गहन अध्ययन पनि गरिरहेको छ। विमानस्थल भन्सार कार्यालयका अनुसार रोजगारीका लागि र भिजिट भिसामा विभिन्न देश पुग्ने तर काम नपाइ एक दुई महिनामै नेपाल फर्कनेले अवैध सामान ओसारपसार गरिरहेको फेला परेको छ।

भिजिट भिसामा गएर काम नपाइ अलपत्र भएका व्यक्तिलाई तस्करले विभिन्न लोभ देखाइ सामान पठाउने गरेको रहस्य फेला परेको कार्यालयका कर्मचारी बताउँछन्।

काम नपाएपछि अलपत्र भएर फिरन्ते अवस्थामा रहेकाहरूलाई केही रकम दिने र उनीहरूले पनि नेपाल आउनकै लागि र जाँदा खर्च भएको केही रकम भएपनि आउने भएपछि यस्तो सामान ल्याउने गरेको घटना बढी फेला परेको कार्यालयको भनाइ छ। कार्यालय स्रोतका अनुसार जति अवैध सामान ल्याउँदा पक्राउ परेका छन् त्यसको ९० प्रतिशत भिजिट भिसामा विदेश गइ काम नपाएपछि नेपाल फर्कनेहरू नै रहेका छन्।

images

प्रकाशित : मंगलबार, असार २१ २०७९०९:१०

प्रतिक्रिया दिनुहोस