बिहीबार , चैत १५ गते २०८०    
images
images

सिभिलसँग मर्जरका लागि सिटिजन्सको पनि प्रस्ताव, मर्जरमा होला 'ब्रेक थ्रु'? 

images
images
सिभिलसँग मर्जरका लागि सिटिजन्सको पनि प्रस्ताव, मर्जरमा होला 'ब्रेक थ्रु'? 

सिभिल र सिटिजन्स बैंक १ः१ को अनुपातमा मर्जरको तयारी गरिरहेका छन्। सम्भवतः आउँदो साता नै दुई बैंकबीच मर्जरमा ब्रेक थ्रु हुने सम्भावना छ।

images
images

काठमाडौं- बैंकहरू धमाधम मर्जरमा लागिरहँदा सिभिल बैंकसँग मर्जरमा जान चारवटा बैंकले प्रस्ताव गरिसकेका छन्। पछिल्लो समय सिभिलसँग हिमालयन बैंकको मर्जरको प्रस्ताव अघि बढाइरहेको छ। सिटिजन्स बैंकले पनि सिभिलसँगै मर्जरका लागि गम्भीर ढ‌ंगले प्रस्ताव गरेकाे छ। यस विषयमा कुराकानी अघि बढिरहेको दुवै बैंकसँग सम्बद्ध स्राेतहरूले जानकारी दिएका छन्। 

images
images
images

सिभिल बैंक स्रोतका अनुसार मर्जरका लागि विभिन्न बैंकसँग छलफल चलिरहे पनि पहिलो प्राथमिकता हिमालयन हो। ‘हिमालयन बैंकसँग विषय नमिलेको अवस्थामा भने अन्य बैंकसँग पनि मर्जरमा जान्छौँ,’ सिभिल बैंक स्रोतले भन्यो, ‘सम्मानजनक अवस्थामा जोसँग कुरा मिल्छ उसैसँग मर्जर हुन्छ। नभए सिभिल मर्जरमा जाँदैन।’

images

सिटिजन्स बैंक स्रोतका अनुसार मर्जरका लागि सिभिलसँग छलफल भएको सत्य हो। ‘अहिले नै यो बैंकसँग मर्जरमा जाँदै छौँ भन्दा त्यसलाई भाँड्न लाग्ने हुन्छन्,’ सिटिजन्स बैंक स्रोतले भन्यो, ‘फेरि हामीले छलफल गरेका बैंकले पनि हामीलाई देखाएर अरु बैंकसँग बार्गेनिङ गर्ने अवस्था हुन्छ।’

images
images

स्रोतका अनुसार सिभिल र सिटिजन्स बैंक १ः१ को अनुपातमा मर्जरको तयारी गरिरहेका छन्। सम्भवतः आउँदो साता नै दुई बैंकबीच मर्जरमा ब्रेक थ्रु हुने सम्भावना छ। यद्यपि, हिमालयन र सिभिलबीच डिडिए मूल्यांकनपछि मात्रै स्वाप रेसियोको टुंगाे लगाउने सहमति भएको छ। यही बिचमा सिटिजन्सकाे प्रस्तावमा पनि छलफल चलेकाे हाे। यता सिभिल बैंकले हिमालयन बैंकसँग १००ः९० को अनुपातभन्दा तल मर्जरमा जाने नसक्ने बताइरहेको छ।

आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन गर्दै छुट तथा विभिन्न सुविधाको घोषणा गरेको थियो। यस्तो सुविधा चालु आर्थिक वर्षको अन्त्यसम्म मात्रै लागु हुने राष्ट्र बैंकले जनाइसकेको छ। राष्ट्र बैंकले दिएको सुविधा लिनकै लागि बैंकहरूले असार मसान्तभित्रै मर्जरका लागि प्रारम्भिक सम्झौता गर्दै राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। राष्ट्र बैंकले मर्जरमा नजाने बैंकमाथि थप कडाइसमेत गर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रिक नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभावले गरेको अध्ययन प्रतिवेदनले नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो। राष्ट्र बैंकको चेतावनीसँगै अधिकांश बैंकले मर्जरका लागि पार्टनर खोजिरहेका हुन्।

सिटिजन्स र सिभिल बैंक मर्ज हुँदा सवा २३ अर्ब चुक्ता पुँजी

सिटिजन्स र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २३ अर्ब हुनेछ। सिभिल बैंकले गत चैत मसान्तसम्म ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ। वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। बैंकको पछिल्लो ५२ हप्तामा ३ सय १६ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १ सय ९६ रुपैयाँ रहेको थियो। 

सिटिजन्स बैंकले ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी १४.९३ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ।

images

प्रकाशित : शनिबार, असार १८ २०७९०१:१८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ