शनिबार, जेठ ५ गते २०८१    
images
images

अपरेटिङ बेस विमानस्थलमै हेलिकप्टर रात्रिकालीन बिसान गर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

images
शुक्रबार, असार १७ २०७९
images
images
अपरेटिङ बेस विमानस्थलमै हेलिकप्टर रात्रिकालीन बिसान गर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
images
images

काठमाडौं- अपरेटिङ बेस विमानस्थलमै हेलिकप्टरले रात्रिकालीन बिसान गर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ७ गतेदेखि लागू हुने गरी हेलिकप्टर कम्पनीहरूले अपरेटिङ वेस विमानस्थलमा रात्रिकालीन विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।

images

उक्त निर्णयको विरोधमा वायुसेवा संञ्चालान संघले समेत विरोध गरेका थिए। तर हवाई जहाज कम्पनीहरुले भने अहिले तोकिएकै विमानस्थलमा रात्रिकालीन जहाज बिसान गरी सोही विमानस्थलबाट पहिलो उडान गर्दै आएका छन्। हवाई जहाज कम्पनीहरुलाई भने यो नियम १३ गतेबाट लागु गरिएको थियो।

images
images

तर हेलिकप्टर सञ्चालक कम्पनी सिम्रिक एयर भने प्राधिकरणको निर्णय विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सिम्रिक एयरले एकलौटी निर्णय गरेर प्राधिकरणले व्यवसायी नै चौपट बनाउन खोजको भन्दै निर्णय खारेजकी लागि अदालतमा रिट दायर गरेको थियो।

images
images

सोही रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलाशले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश समेत दिएको हो।


प्रकाशित : शुक्रबार, असार १७ २०७९१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend