शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्यटन बोर्डका दुई सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

images
शुक्रबार, असार १७ २०७९
images
पर्यटन बोर्डका दुई सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
images
images

काठमाडौं-  पर्यटन बोर्डका दुई सदस्य हटाउने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। 

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिनुभन्दा दुई दिन अगाडि पर्यटन बोर्डका दुई सदस्य हटाउने निर्णय गरेका थिए।

images
images

मन्त्री आलेले बोर्डका सिइओ धनन्जय रेग्मीलाई हटाउन असहयोग गरेको भन्दै बोर्ड सदस्य ङवा ङिमा शेर्पा र कृष्ण कुमार शाहलाई हटाउने निर्णय गरेका थिए।

images
images

उक्त निर्णय विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसले उनीहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै के कारण हटाउनु परेको हो भन्ने कारण समेत देखाउन आदेश भएको छ।

 


प्रकाशित : शुक्रबार, असार १७ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend