शनिबार, जेठ ५ गते २०८१    
images
images

यस्ता छन् वायुसेवा निगमले इतिहासदेखि अहिलेसम्म उडाएका जहाज

images
शुक्रबार, असार १७ २०७९
images
images
यस्ता छन् वायुसेवा निगमले इतिहासदेखि अहिलेसम्म उडाएका जहाज
images
images

काठमाडौं- नेपालको हवाई इतिहासमा राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६४ वर्षे यात्रा पूरा गर्दै ६५ वर्षमा प्रवेश गरेको छ। 

images
images
images

नेपाल एयरलाइन्सले सन् १९५८ मा २८ सिट क्षमताको डाकोटा डीसी-३ जहाजबाट उडान सुरु गरेको थियो। अहिले निगमले वाइडबडीसम्मको उडान गर्दै आएको छ।

images

सिमरा उडान सुरु गर्दै आन्तरिक उडानमा प्रवेश गरेको निगमले अहिले जापान, साउदी अरेबिया, भारतका तीन सहर, कतार, दुबई, मलेसिया, बैंकक र हङकङमा नियमित उडान गर्दै आएको छ।

images
images

आन्तरिक उडानमा भने एयरलाइन्सले अहिले आफ्नो अस्तित्व गुमाइकेको छ। डाकोटा डीसी-३ देखि वाइडबडी ए-३३० सम्म नेपाल एयरलाइन्सको यात्रा कस्तो छ त? तस्बिरमा प्रस्तुत गरेका छौँ- 

images
images

डाकोटा डीसी-३ 

dakota.jpg

यो जहाज नै नेपाल एयरलाइन्सको पहिलो जहाज हो। यो जहाजमार्फत नेपाल एयरलाइन्सले १९७३ सम्म उडान गरेको थियो। यो जहाज २८ सिट क्षमताको थियो।

पीसी–६

pc.jpg

यो जहाज नेपाल एयरलाइन्सले पहिले जहाज ल्याएको ३ वर्षपछि नेपाल भित्र्याएको थियो। जहाज स्वीजरल्यान्डका निर्माण भएको थियो। जहाज सिंगल इन्जिन क्षमताको थियो। यो जहाजमार्फत् १९९८ सम्म सेवा दिएको थियो। जहाज हिमाली क्षेत्रमा गरिने उडानका लागि  उपयुक्त थियो।

फन्ग शु हार्भेस्टर एएन–२ 

an2.jpg

यो जहाज चिनियाँ जहाज हो।  यो जहाज निगमको इतिहासमा सबैभन्दा कम समय उडान भर्ने जहाज हो। यो जहाज सन् १९६३ मा खरिद गरिएको थियो। तर निमगले यो जहाजबाट १९६५ सम्म मात्रै सेवा दिएको थियो। यो जहाज आन्तरिक उडानमा प्रयोग गरिएको थियो। निगमले यो जहाज दुईवटा खरिद गरेको थियो।

फोकर फ्रेन्डसीप एफ–२७

fokk.jpg

निगमले यो जहाज सन् १९६६ मा नेपाल ल्याउँदै अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरेको थियो। यो जहाजबाट सन् १९७० सम्म निगमले सेवा दिएको थियो। यो जहाज ४४ सिट क्षमताको हो।

 एचएस–७४८ एव्रो

748.jpg

यो जहाज निगमले सन् १९७० मा खरिद गरेको थियो। ४४ सिट क्षमताको जहाजमार्फत निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान गरेको थियो। माउन्टेन उडानमा यो जहाज चर्चितसमेत थियो।

ट्वीनअटर डीएचसी

1601367132_Nepal-Airlines-9N-ABT.jpg

निगमले यो जहाज १९७१ मा नेपाल भित्र्याएको थियो। निगमले अहिले पनि दुईवटा ट्वीनअटर जहाज आन्तरिक उडानमा प्रयोग गर्दै आएको छ। १९ सिट क्षमताको यी जहाज नेपालको भुगोलसँग सुहाँउदो जहाज हो। यो कच्ची तथा पहाडी भेगका स-साना विमानस्थलमा समेत अवतरण गर्न सकिने जहाज हो।

बोइङ ७२७ 

Boeing_727.jpg

यो प्रकृतिको जहाज निगमले १९७२ मा नेपाल भित्र्याएको थियो। यो जहाजबाट निगमले १९९३ सम्म सेवा दिएको थियो। जहाज १२३ सिट क्षमताका थिए। यो जहाज निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरेको थियो।

बोइङ ७५७

Nepal_Airlines_Boeing_757.gif

निगमले १९८७ मा आधुनिक र त्यसबेला विश्वमा चर्चित भएको बोइङ ७५७ सिरिजका दुई जहाज नेपाल ल्याउँदै उडान सुरु गरेको थियो। यी जहाज सन् २०१८/२०१९ सम्म उडानमा थिए। बोइङ ७५७ जहाजले नै नेपालको अन्तर्राष्ट्रिय उडानमा शाख जोगाइदिएको थियो। जहाजको १९३ सिट क्षमतामा थिए। अहिले निगमले बोइङ जहाज ने नउडाउने उद्घोष गरिसकेको छ।

एमए ६०

ma60.jpg

निगमले आन्तरिकतर्फको सुगम उडान गर्ने गरी सन् २०१४ मा एमए-६० चिनियाँ जहाज नेपाल भित्र्याएको थियो। निगमले चिनियाँ अनुदान  र सफ्ट लोनमा जहाज ल्याएको थियो। यो जहाजबाट निगमले खासै प्रगति गर्न सकेन। सधै सञ्चालन घाटामा गयो। २०७७ असारदेखि यो जहाजको उडान बन्द गरिएको छ।

वाई-१२

bensisahar dalit muesium.jpg

चिनियाँ वाई-१२ जहाज पनि निगमले पहिलो पटक २०१४ मै नेपाल भित्र्याएको थियो। एउटा अनुदान र ३ वटा सफ्ट लोनमा खरिद गरिएका जहाजको सञ्चालन खर्च नै बढी भएपछि उडान बन्द गरिएको छ।

एयरबस ए ३२०

sagarmatha.jpg

निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटा एयरबस ३२० जहाज २०१५ मा नेपाल भित्र्याएको हो। १ सय ५८ सिट क्षमताको एयरबसमा १ सय ५० इकोनोमिक र ८ सिट बिजनेश क्लासको सिट रहेको छ।

वाइडबडी ए३३०

NepalAirlinesA330.jpg

निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा दुईवटा ए ३३० वाइडबडी जहाज प्रयोग गरिरहेको छ। निमगले अन्तर्राष्ट्रिय उडानमा पनि लामोदुरीको उडानका लागि भन्दै वाइडबडी जहाज २०१८ मा नेपाल भित्र्याएको हो। वाइडबडी जहाज २ सय ७४ सिट क्षमताको हो।


प्रकाशित : शुक्रबार, असार १७ २०७९०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend