काठमाडौं- विवादमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आले मन्त्री नियुक्त भएदेखि पटक पटक विवादमा आएका थिए। उनलाई विवादको पर्यायकै रुपमा देखिएका थिए।
मन्त्री आलेले मन्त्री नियुक्त भएको २६३ दिनमा राजिनामा दिएका हुन्। मन्त्रालयमा आयोजितक पत्रकार सम्मेलन मार्फत राजीनामा घोषणा गरेका हुन्। उनले आफूले ९० प्रतिशत अंक कार्यकालमा ल्याएको समेत दाबी गरेका छन्।