शुक्रबार, चैत १६ गते २०८०    
images
images

प्रधानमन्त्री देउवाले नै कारबाहीको चेतावनी दिएपछि पछि हटे वायुसेवा सञ्चालक, उडान सुरु

images
images
प्रधानमन्त्री देउवाले नै कारबाहीको चेतावनी दिएपछि पछि हटे वायुसेवा सञ्चालक, उडान सुरु
images
images

काठमाडौं- अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू मंगलबार मध्यरातमा कुनै सहमतिबेगर नै पछाडि हटे। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै समस्या भए समाधान गर्ने तर हड्ताल गरे कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए।

images
images
images

मंगलबार राति नै प्रधानमन्त्री देउवाले पर्यटनमन्त्री प्रेम आले र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बालुवाटारमा भेट गरी वायुसेवाको हडतालबारे छलफल गरेका थिए। राति नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको वार्तामा कुनै सहमति नभएपनि बिहान ११ बजेबाट उडान सुरु गर्ने भन्दै वायुसेवा सञ्चालकहरू बाहिरिएका थिए। प्राधिकरणले पनि समस्या आए समाधान गर्दै जाने तर अहिलेको निर्णयबाट पछाडि नफर्कने अडान लिएपछि सञ्चालकहरू दबाबमा परेका थिए।

images

खासगरी बुद्ध एयरले उडान नरोक्ने जनाउ दिएपछि अन्य कम्पनीहरू दबाबमा परेका थिए। त्योसँगै यति एयरलाइन्सले पनि समस्या आए समाधान निकाल्ले प्राधिकणको जवाफसँगै उडान गर्ने घोषणा राति नै गरेको थियो। यति र बुद्ध दुवैले उडान गर्ने भएपछि अन्य कम्पनीहरू पनि उडान गर्ने पक्षमा पुगे। सरकारले हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी  दिएको थियो।

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले तोकिएका जहाजलाई काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो। देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा बिसान गर्न भनिएको थियो। त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो ।

प्राधिकरणले काठमाडौंबाहिर आधार विमानस्थल भनेर दर्ता भएका ४३ वटा वायुयानलाई उतै बस्न निर्देशन दिइएको थियो। अन्तर्राष्ट्रिय उड्डयन संगठनको मापदण्डअनुसार काठमाडौं विमानस्थलको पार्किङमा कम्तीमा १७ देखि बढीमा २४ वटा जहाज राख्न मिल्ने जनाउँदै प्राधिकरणले पछिल्ला वर्ष जहाज थप्ने कम्पनीलाई काठमाडौंबाहिर आधार विमानस्थल बनाएर उडाउने सर्तमा मात्र अनुमति दिएको बताएको छ। धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, लुक्ला, जनकपुर, विराटनगर, चन्द्रगढीमा रात्रि बिसान गर्ने सर्तमा मात्र अनुमति दिइएको छ।  

images

प्रकाशित : बुधबार, असार ८ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ