काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच वार्ता हुने भएको छ। प्राधिकरणले जहाज ताेकिएकै ठाउँमा रात्रिकालिन विसान हुनु पर्ने र पहिले उडान त्यही ठाउँबाट हुने पर्ने निर्णय गरेको थियाे।
प्राधिकरणकाे सो निर्णयकाे विराेध गर्दै हवाई सेवा प्रदाय कम्पनीहरुले भाेली बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय गरेका थिए।
यता प्राधिकरणले भने काठमाडौंमा जहाज पार्किङ अभाव रहेकाे र ताेकिएकै ठाउँमा जहाज रात्रिकालिन विसान गर्नु पर्ने निर्णय लागुनगर्दै उडान बन्द गरे एओसी खारेजदेखि अत्यावश्य सेवा बन्द गरे कानूनअनुसार कारबाही गर्ने सूचना जारी गरेकाे थियाे।
साेही विषयमा अहिले प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच वार्ता हुन लागेकाे हाे।