शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अत्यावश्यक सेवामा हड्ताल हुन लागेपछि सरकार आक्रामक, वायुसेवाको एओसी खारेजीदेखि पक्राउसम्मको तयारी

images
मंगलबार, असार ७ २०७९
images
अत्यावश्यक सेवामा हड्ताल हुन लागेपछि सरकार आक्रामक, वायुसेवाको एओसी खारेजीदेखि पक्राउसम्मको तयारी
images
images

काठमाडौं- बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णयसँगै वायुसेवा सञ्चालकहरूविरुद्ध सरकार कठोर हुने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने कानूनी व्यवस्थाअनुसार सञ्चालकहरूविरुद्ध पक्राउ गर्ने तथा कम्पनीको वायुसेवा संचालन अनुमति (एओसी) खारेज गर्ने सम्मको तयारी गरिएको हो।

images
images

नागरिक उड्डयन प्राधिकरणले गृहमन्त्रालयसँग सहयोग मागेको छ। एयरलाइन्स कम्पनीले बुधवार उडान नगरे सवै सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिने भएको छ।  

images
images

विमान सञ्चालकहरूले आफूहरूलाई जानकारी नै नदिइकन हतारमा विमानको आधार विमानस्थलमा पठाउन खोजेको भन्दै बुधबारदेखि नै सबै सेवा ठप्प पार्ने चेतावनी दिएका थिए। 

अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने विषय विमान सञ्चालकहरूले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि सरकार आक्रामक भएको हो। गृह मन्त्रालयले जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गर्दै हड्ताल गर्न निषेध गरेको थियो। 

सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै हवाई अड्डा वा हवाई जहाजको रेखदेख, त्यसको संचालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरेको छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend