शनिबार, जेठ ५ गते २०८१    
images
images

विमानस्थल रत्नपार्क हाेइन, अत्यावश्यक सेवा बन्द गरिए प्राधिकरण चुप लाग्दैन : महानिर्देशक अधिकारी 

images
मंगलबार, असार ७ २०७९
images
images
विमानस्थल रत्नपार्क हाेइन, अत्यावश्यक सेवा बन्द गरिए प्राधिकरण चुप लाग्दैन : महानिर्देशक अधिकारी 
images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीहरूले बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अत्यावश्यक सेवा बन्द गर्न नपाइने भन्दै सेवा बन्द गरिए प्राधिकरण चुप लागेर नबस्ने बताएका छन्।

images
images
images

'एयरलाइन्स कम्पनीले बन्द गर्ने घाेषणा गरेको भन्ने सुनिएको छ। अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन, गरियाे भने प्राधिकरण चुप लागेर बस्दैन' प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले भने।  एयरलाइन्स कम्पनीले बन्द गर्ने जस्तो ध्वाङध्वाङी नपाल्न आग्रह समेत अधिकारले गरे।

images

'नेपालमा अहिले ४० वटा विमानस्थल कालाेपत्रे भइसकेको छ। यसमा एयरलाइन्सदेखि दाता निकायका सहयाेग रहेको छ। सबैको सहयाेग र सहभागीताले हामी यहाँ सम्म आइपुगेका हाैँ' उनले भने। 

images
images

'अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र तराईका विमानस्थल १२ बजेसम्म चलाउने निर्णय गरिएको थियो। अहिले काठमाडौंका विमानस्थल सुविधाजनक भएको छ। हामीले बाहिर उडानको विस्तार गर्नाले भएको हाे। अहिले काठमाडौं विमानस्थलमै क्षमता नै नभएपछि याे निर्णय भएको हाे' उनले प्रष्ट्याए। उनी अघि भन्छन्- 'दुई जहाज/दुई हेलिकप्टर ठाेकियाे भने जिम्मेवारी हामीले लिनुपर्छ। यसै कारण जाेखिम कम गर्न याे निर्णय कार्यन्वयन गर्न लागिएको हाे।'

images
images

काठमाडौंभन्दा बाहिरको अर्थतन्त्रमा समेत सकारात्मक असर पार्ने भएकोले यसमा सबैले सहयाेग गर्नुपर्ने उनले बताए। एयरलाइन्सले आफ्नाे क्षमता कम भएपछि विराेध गरेको समेत उनको भनाइ छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनी जहाज विसानका लागि लिएको अनुमति अनुसार नै जहाज पार्किङ गर्नु पर्ने र पहिले उडान त्यही बाट गर्नु पर्ने निर्णय गरेको थियो। यसैगरी प्राधिरकणले हेलिकाेप्टरमा २ जना पाइलट राख्नु पर्ने निर्णय समेत गरेको थियो। प्राधिकरणले हवाई जहाजको हकमा १३ गते र हेलिकोप्टर हकमा ७ गते बाट नै विसान लागु हुने पर्ने निर्णय गरेको थियो। जसको निजी हवाई सेवा प्रदायक कम्पनीहरूले विरोध गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, असार ७ २०७९१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend