काठमाडौं- नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्।
निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई यात्रामा लाग्ने इन्धन चार्ज शुल्क बढाएका हुन्।
संघले सबैभन्दा बढी धनगढीको हवाई भाडा ८ सय ४० रुपैयाँ मंगिएको हो।
यसैगरी माउन्टेन उडानको ६ सय ५५, भद्रपुरको ५ सय ७०,विराटनगरको ४ सय ५५ र जनकपुरको भाडा २ सय ४५ रुपैयाँ बढेको हो।
यसैगरी भरतपुरको २ सय, पोखराको ३ सय, भैरहवाको ३ सय ९५, नेपालगञ्जको ६ सय २०, तुम्लिङटारको ३ सय ५० र सिमराको भाडा १ सय ७० रुपैयाँले बढेको हो।