शनिबार, जेठ ५ गते २०८१    
images
images

पर्यटन व्यवसायीहरूले भने - पर्यटनमन्त्री आलेलाई तत्काल बर्खास्त गर

images
सोमबार, असार ६ २०७९
images
images
पर्यटन व्यवसायीहरूले भने - पर्यटनमन्त्री आलेलाई तत्काल बर्खास्त गर
images
images

काठमाडौं- पर्यटन क्षेत्रका व्यावसायिक संघ संस्थाहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर मन्त्रीले अराजकता निम्त्याएको आरोपसमेत गाएका छन्।

images
images
images

कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ निट अध्यक्ष दीपक महत, माओवादी निकट नेपाल पर्यटन ब्यबसायी संगठनका अध्यक्ष नवराज दाहाल र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्ण बहादुर कुँवरले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पर्यटनमन्त्री आलेलाई हटाउन माग गरेका हुन्। 

images

‘अतिथि देवो भवः को मुल नारासहित सभ्य संस्कृतिको संरक्षण र पर्यटनको विकासद्वारा नेपाली जनताको जीवनस्तर उकास्ने उद्देश्यसाथ संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालय स्थापना भएको हो, तर मन्त्रीको शैलीलाई यो मन्त्रालय सुहाउँदैन’ विज्ञप्तीमा भनिएको छ।

images
images

मन्त्री आलेले विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएको तर सर्वसाधारणदेखि आफै मातहतका कर्मचारीमाथि व्यक्त गरेको असभ्य र गालीबेइज्जती पदीय मर्यादा र जिम्मेवारीलाई बिर्सेको समेत आरोप उनीहरूले लगाएका छन्। 

images
images

आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुहाजन्य अनैतिक कार्यले गर्दा नेपाल सरकारका मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिँदै गएकोले तत्काल हटाउनुको विकल्प नभएको ठहर समेत उनीहरूले गरेका छन्। 

‘इतिहासकै बदनाम मन्त्री भएकै छन् तर सरकार र सबै निजी क्षेत्रले समेत शीर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ,’ विज्ञप्तीमा भनिएको छ। समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लिल र अराजक अभिव्यक्ती र गुन्डागर्दिको व्यवहार सभ्य समाजका लागि स्वीकार्य नहुने ठहर उनीहरूले गरेका छन्। 

आफू रहेको लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार विघा क्षेत्रलाई मन परेको व्यवसायिक कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथी गम्भीर विचलन देखिएको ठहर उनीहरूले गरेका छन्। 

ale.jpg

 


प्रकाशित : सोमबार, असार ६ २०७९०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend