शनिबार, जेठ ५ गते २०८१    
images
images

१८ करोड शुल्क नतिरी भागेको एयर एसिया अर्को कम्पनीमार्फत काठमाडौं उडान गर्न खोज्दै

images
सोमबार, असार ६ २०७९
images
images
१८ करोड शुल्क नतिरी भागेको एयर एसिया अर्को कम्पनीमार्फत काठमाडौं उडान गर्न खोज्दै

समयमै शुल्क नबुझाउँदा १६ करोड रुपैयाँ जरिवाना पुगेको थियो। त्यसबाहेक उसले ७ करोड ठगेको थियो। त्यो सबै जोड्दा उडान बन्द गर्नेबेला २३ करोड शुल्क बाँकी थियो।

images
images

काठमाडौं- मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडान गर्दै आएको एयर एसिया एक्सले उडान सेवा बन्द गरेको चार वर्ष भइसकेको छ। एयरलाइन्सले उडान बन्द गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्क समयमै नतिर्दा लागेको जरिवाना भने तिरेको छैन।

images
images
images

समयमै शुल्क नबुझाउँदा १६ करोड रुपैयाँ जरिवाना पुगेको थियो। त्यसबाहेक उसले ७ करोड ठगेको थियो। त्यो सबै जोड्दा उडान बन्द गर्नेबेला २३ करोड शुल्क बाँकी थियो।

images

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले निरन्तर ताकेता गर्दा पनि शुल्क नतिरी बरु उडान नै बन्द गरेको एयर एसियाले बीचमा ५ करोड रुपैयाँ बुझाएको थियो। त्यसबाहेक अहिलेसम्म थप रकम बुझाएको छैन।

images
images

अहिलेसम्म १८ करोड रुपैयाँ एर एसिया एक्सको नाममा बक्यौता रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

images
images

'बीचमा उसले पाँच करोड बुझाएको थियो। त्यसपछि उसले बुझाएको छैन। अहिले १८ करोड बाँकी छ' उनले भने।

बक्यौता नतिरेको मात्र होइन प्राधिकरणले पठाएको पत्रको जवाफसमेत नदिइ बसेको एयर एसियाले पछिल्लो समय अर्को कम्पनीमार्फत नेपाल उडान गर्न खोजेको थियो। कोरोना महामारीअघि नै थाइ एयर एसियाले काठमाडौं उडान गर्न खोजेको थियो। थाइ एयर एसिया थाइल्यान्डमा दर्ता कम्पनी हो। यो कम्पनी एयर एसिया मलेसियाकै लगानीमा स्थापना भएको हो।

एउटै समूहको एउटा कम्पनीले शुल्क नतिरी भाग्ने अर्कोलाई निर्वाध उडान अनुमति दिन नसकिने भन्दै प्राधिकरणले थाइ एयर एसियाको अनुमति रोकिदिएको थियो। तर अहिले प्राधिकरण भने थाइ एयर एसिया मात्र होइन एयर एसिया एक्स(मलेसिया) नै आएपनि उडान अनुमति दिन तयार भएको छ।

'हामी थाइ मात्र होइन। मलेसियाकै कम्पनी आए पनि दिन्छौँ। तर अनुमति दिनु पहिले बाँकी पुरानो शुल्क तिर्नुपर्छ वा तिर्ने प्रतिबद्धता हुनुपर्छ। तर हामी अनुमति रोक्दैनौँ' निरौलाले भने।


प्रकाशित : सोमबार, असार ६ २०७९०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend