शनिबार, जेठ ५ गते २०८१    
images
images

भीआईपीको उडान गर्दा हेलिकोप्टरमा दुईजना पाइलट अनिवार्य

images
आइतबार, असार ५ २०७९
images
images
भीआईपीको उडान गर्दा हेलिकोप्टरमा दुईजना पाइलट अनिवार्य
images
images

काठमाडौं-  नेपाल नागरिक उड्डय प्राधिकरणले भीआईपीको उडान गर्दा हेलिकोप्टरमा दुईजना पाइलट राख्नुपर्ने निर्णय गरेको छ।

images
images
images

यसैगरी प्राधिकरणले नेपालमा उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित गर्न हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्नेगरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतिय प्रणाली सञ्चालनमा ल्याउनु पर्ने निर्णय गरेको छ।

images

यसैगरी हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीवाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउनु पर्ने निर्णय समेत प्राधिकरणले गरेको छ।

images
images

प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुईजना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको हो।

images
images

तर स्वदेशी पाईलटको उत्पादन गर्ने आत्मनिर्भरता सहितको उड्डयन सुरक्षा सुदृढिकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले २०७९ असार ५ गतेको निर्णयदेखि बढिमा ३ वर्षभित्र पाइलट तयार पार्नको लागि हेलिकप्टर कम्पनीले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउने निर्णय गरेको छ।


प्रकाशित : आइतबार, असार ५ २०७९०२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend