शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

images
सोमबार, असार ६ २०७९
images
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्।

images
images
images

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गत कात्तिकमा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेललाई हटाएर यौनदुराचारको आरोप लागेका निगमकै पूर्वकर्मचारी अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए।

images
images

अहिले अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उनी निगमको कार्यकारी अध्यक्षमा रहन योग्य नदेखिएको, अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने साथै कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको भन्दै निलम्बन गरिएको हो। 

निगम अध्यक्ष अधिकारी निलम्बन गर्न दिइएका आधारहरू - 

१) कानूनी आधार र औचित्यबिना ट्वीनअटर विमान भाडामा दिएको।

२) निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्‍याएको।

३) सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराएर सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यसमा कार्यकारी अध्यक्ष आफैं संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको।

४) निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको।

५) सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको।

६) निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको।

७) निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको।

८) पदअनुसारको आचरण प्रदर्शन गर्न नसकेको।

९) पदीय कर्तव्य पूरा गर्न नसकेको।

१)) कार्य क्षमताको अभाव देखिएको।

११) कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको।


प्रकाशित : सोमबार, असार ६ २०७९१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend