शुक्रबार, चैत १६ गते २०८०    
images
images

ज्यागुअरको पाठ, उपभोक्ताको प्रतिक्रिया : नेक्सन इभीमार्फत विद्युतीकरणमा टाटाको तुफानी यात्रा

images
images
ज्यागुअरको पाठ, उपभोक्ताको प्रतिक्रिया : नेक्सन इभीमार्फत विद्युतीकरणमा टाटाको तुफानी यात्रा

टाटा मोटर्सलाई प्रविधि र विश्वस्तरीय आकर्षक डिजाइनमा ज्यागुअर ल्यान्ड रोभरको साथ रहने छ भने आरएन्डडीमा खर्च गर्न उसका लागि कुनै आइतबार कुर्नुपर्दैन।

images
images

काठमाडौं- कमर्सियल सवारीमा टाटा मोटर्सले एकछत्र राज गर्दै आएको लामो समय भइसक्यो। भारतमा मात्र होइन नेपाली बाटोमा समेत टाटाका बस तथा गाडी वर्षौंदेखि गुडिरहेकै छन्। आफ्नो यात्रामा निरन्तर ‘ज्यागुअर’ झैँ लम्किएको टाटा मोटर्स कमर्सियल गाडीमा मात्र रोकिएन। 

images
images
images

दुई दशकभन्दा अघि टाटाले आफ्नो बजारको दायरा फराकिलो बनाउँदै प्यासेन्जर कार उत्पादनमा समेत हाम्फाल्यो। सुरुवाती परिणाम उत्साहजनक नहुँदा टाटा मोटर्सले अमेरिकी कार उत्पादक कम्पनी फोर्डलाई आफ्नो कम्पनी किन्न आग्रह गरेको थियो। तर फोर्डले उक्त प्रस्ताव अस्वीकार गरेपछि टाटाले कार उत्पादनमा यती धेरै मेहनत गर्‍यो कि जसको परिणाम २०२२ को मे महिनामा देखिइसकेको छ। 

images

२०२२ को मे महिनामा टाटा भारतको कार बजारमा दोस्रो स्थानमा उक्लिएको छ। २०२२ को तेस्रो त्रैमासमा ९९ हजार २ वटा कार भारतीय बजारमा बिक्री गर्न सफल भएको छ। यो दशककै धेरै मासिक तथा त्रैमासिक बिक्री संख्या हो। टाटा मोटर्सको प्यासेन्जर कार बिक्रीमा नेक्सनले सबैभन्दा ठूलो भूमिका खेलेको छ। 

images
images

त्योभन्दा बढी सुखद् कुरा टाटा नेक्सन ईभीले छोटो समयमा हासिल गरेको सफलता। २०२२ को तेस्रो त्रैमासमा टाटा नेक्सन ईभीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४५ प्रतिशतले बढेर ५ हजार ५९२ वटा पुगेको छ। टाटाको समग्र कार बिक्रीमा ईभीको हिस्सा ५.६ प्रतिशत पुगेको छ। 

टाटाले उत्पादन गरेका कुनै पनि प्यासेन्जर कारले नेक्सन ईभी एसयूभीको बिक्री वृद्धिलाई उछिन्ने छाँट छैन। टाटाले २०२२ को जनवरीमा नेक्सन ईभी औपचारिक रुपमा सार्वजनिक गरेको थियो। त्यसयता नेक्सन ईभी सवार्धिक बिक्री हुने विद्युतीय कार बन्न सफल भएको छ। २०२२ को मेसम्ममा टाटा मोटर्सले १५ हजारभन्दा बढी विद्युतीय कार (नेक्सन ईभी, टिगोर ईभी र एक्सप्रस-टी) बिक्री भइसकेको छ। 

टाटा नेक्सनको बिक्री नेपाली बजारमा समेत उल्लेख रुपमा बढेको छ। आईसी इन्जिनयुक्त नेक्सन नेपाली एसयूभी बजारमा दोस्रो स्थानमा पुग्न सफल भएको छ। त्यस्तै अघिल्लो वर्ष सार्वजनिक भएको नेक्सन ईभी नेपाली बजारमा एक वर्षमा ४ सय ५४ वटा बिक्री भएको तथ्यांक छ। 

नेक्सन ईभीको सबैभन्दा राम्रो पक्ष भनेकै अहिलेसम्म भारत तथा नेपालमा यसबारे कुनै नकारात्मक कुरा उठेको पाइँदैन। यसबाट केपनि बुझ्न सकिन्छ भने तोकिएको मूल्यमा नेक्सन ईभीका प्रयोगकर्ताहरू पूर्णतः सन्तुष्ट छन्। नेक्सन ईभीमा उपभोक्ता सन्तुष्ट हुनुमा आईसी इन्जिनयुक्त नेक्सनको ठूलो हात रहेको छ। 

नेक्सनको राम्रो पाटो भनेको यो कारले ग्लोबल एनक्यापमा सेफ्टी रेटिङमा पाएको फाइभ स्टार हो। 

नेक्सनको सबै सकारात्मम सूचककै कारण टाटा मोटर्सले आफ्नो विद्युतीकरणमा नेक्सन ईभीलाई नै अघि सारेको पाइन्छ। विद्युतीकरण यात्रामा टाटाले नेक्सन ईभीलाई कसरी अघि बढाउँदै छ भन्ने बारेमा इकोनोमिक टाइम्सले वृहत आलेख मा उल्लेख गरेको छ। 

टाटा मोटर्सको विद्युतीकरण परियोजनामा नेक्सन ईभी नयाँ पाइटोको रुपमा हुकिँदै गएको छ। नेक्नस ईभी टाटाको विद्युतीकरण योजनामा गेमचेन्जर देखिएको छ। गल्तीबाट सिक्दै र नयाँ प्रविधिमा आधारित नवीनतम् सोचलाई उपयोग गरेर टाटाले विद्युतीकरणको यो खेलमा अब्बलता देखाउँदै आएको ‘स्कोर’ले नै पुष्टि गर्छ। 

नेक्सन ईभीमा विश्वले हासिल गरेको उपलब्धिलाई समावेश गरेर भारतीय उपभोक्ताको चाहनालाई धेरै हदसम्म सम्बोधन गर्नेगरि उत्पादन तयार गरेको टाटा मोटर्सका प्रबन्ध निर्देशक (प्यासेन्जर कार एन्ड प्यासेन्जर इलेक्ट्रिक मोविलिटी) शैलेष चन्द्रले बताएका छन्। ‘नेक्सन ईभीको डिजाइन र यसमा भएको विशेषताले विद्युतीय कारको स्वीकार्यतामा रहेको अवरोध चिर्न महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले थपे, ‘नेक्सन ईभीले नै उपभोक्तामा रहेको रेन्ज एन्जाइटी, ईभी प्रतिको विश्वसनीयता र सीमित उपादेयताको भ्रम अन्त्य गर्न सफल भएको हो।’ 

टाटाले २१औँ शताब्दीको पहिलो दशकमा अमेरिकी कम्पनी फोर्डको स्वामित्वमा रहेको बेलायती विलाशी कार उत्पादन कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) खरिद गर्‍यो। त्यसपछि टाटाले जेएलआरमा भएका केही प्रविधि टाटाको लोगोमा उत्पादन हुने कारमा समेत प्रयोग गर्न थाल्यो। जेएलआरले केही वर्षअघि नै आइ-पेस विद्युतीय कार ल्याएको थियो। टाटाले जेएलआरका केही प्रविधि नेक्सन तथा नेक्सन ईभीमा प्रयोग गर्‍यो भने अन्य कारमा पनि ती प्रविधि अवलम्बन गरिँदै लगियो। जसले गर्दा टाटाका कार अन्य प्रतिस्पर्धीको कारसँग प्रतिस्पर्धा गर्न योग्य हुँदै गए, जुन आज पर्यन्त जारी छ र रहने छ। 

trademark.png

टाटा मोटर्सले सस्तो मूल्यमा आकर्षक विद्युतीय कार सार्वजनिक मात्र गरिरहेको छैन, कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक पर्ने ईभी इकोसिस्टम नै निर्माण गरिरहेको छ। आफ्नै मातहतका विभिन्न कम्पनीहरूसँगको साझेदारीमा विकास गरिरहेको इकोसिस्टमलाई ‘टाटा युनिईभीभर्स’ नामाकरण गरिएको छ। यसरी इकोसिस्टम नै विकास गरिरहँदा टाटाको विद्युतीय सवारी किन्ने उपभोक्तालाई थप आत्मबल दिएको विज्ञहरूले बताएका छन्। यो इकोसिस्टम विकास गर्न टाटा ग्रुप अन्तर्गतका टाटा मोटर्स, टाटा पावर, टाटा केमिकल्स, टाटा क्रोम, टाटा अटो कम्पोनेन्ट र टाटा मोटर्स फाइनान्स कम्पनी संयुक्त रुपमा जेटका छन्। 

टाटा नेक्सन ईभी सार्वजनिक भएपछि प्रविधिमा मात्र फड्को मारेन कि टाटाको प्यासेन्जर कार प्रतिको ब्रान्ड इमेज नै उचो बन्न पुग्यो। र, टाटालाई अन्य मोडलका विद्युतीय कार सार्वजनिक गर्ने आत्मविश्वास पनि बढायो। 

यो सफलताले दिएको ढाडस र सरकार तथा आम उपभोक्ताको विद्युतीय कार उपभोग गर्ने चाहनालाई पुरा गर्न टाटाले २०२५ अर्थात अबको ३ वर्ष भित्र टाटाले १० वटा नयाँ विद्युतीय कार बजारमा ल्याउने योजना बनाइसकेको छ। यो योजना टाटाले पछिल्लो केही वर्षयता २२ हजारभन्दा बढी उपभोक्ताबाट आएका सुझावलाई अध्ययन गरेर तय गरेको जनाएको छ।

टाटा मोटर्सले विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीको विकासमा गहन अध्ययन तथा अनुसन्धान गरेको उल्लेख गरेको छ। ब्याट्री विभिन्न भौगोलिक वातावरणमा परिक्षण गरेर त्यसले विभिन्न तापक्रममा दिने प्रतिक्रियाको विश्लेषण गरेर, क्याविन कुलिङ पर्फमेन्ससहित वास्तविक रेन्ज दिनेगरि विकास गरिएको हो। यो निष्कर्षमा पुग्न टाटा मोटर्सले भारतभरका १६ हजार उपभोक्ताको घरमा जडान गरिएको चार्जिङ बक्सबाट संकलन गरिएको सूचनालाई अध्ययन गरेको छ। 

उपभोक्ताको घरमा उपलब्ध हुने विद्युत प्रवाहका आधारमा टाटाले चार्जिङ बक्सलाई अन्तिम रुप दिएको हो। जुन समयानुकुल परिमार्ज गर्दै लगिने कम्पनीले जनाएको छ। नेपालमा पनि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चार्जिङ स्टेसन निर्माण र उपभोक्ताको घरमा चार्जिङ बक्स राख्दा देखिएका समारात्मक तथा नकारात्मक दुवै खाले सूचना संकलन गरिहेको छ। यसले गर्नुपर्ने सुधार र हुनसक्ने कन्डिसनपछि चाल्नु पर्ने कदम बारे तयार रहन कम्पनीलाई सजग गराउँछ। अधिकांशतः भारत र नेपालमा भौगोलिक अवस्था र विद्युत प्रवाहमा धेरै भिन्नता भने पाइँदैन। त्यसैले पनि सिप्रदीलाई भारतमा टाटाले गरेको अध्ययनबाट लाभ नै भइरहेको छ। 

टाटा मोटर्सले विद्युतीय सवारीलाई थप प्रोत्साहन गर्न ‘टाटा प्यासेन्जर इलेक्ट्रिक मोविलिटी’ (टीपीईएम) नामक भगिनी संस्था नै बनाइ सकेको छ। यसले टाटा विद्युतीय सवारी उत्पादनमा दत्तचित्त भएर लागेको देखाउँछ भने नयाँ कम्पनीले बजारमा नयाँ मूल्य समेत सृजना गर्ने छ। 

टाटाले नयाँ कम्पनी टीपीईएम मार्फत विद्युतीय सवारी उत्पादनका लागि १५ हजार करोड भारु लगानी गर्ने योजना अघिसारि सकेको छ। त्यसै केही समयअघि सो कम्पनीले विदेशी साझेदारसँग समेत सम्झौता गरिसकेको छ। टाटाले नेक्सन जस्तै शक्तिशाली र रुचाइने उत्पादन ल्याउन उच्च भोल्टेज प्लेटर्फमसहितको जिपट्रोन प्रविधिलाई नै पक्षाउने छ। 

टाटाले भारतीय बजारका साथै छिमेकी देश र विश्व बजारमा समेत प्रतिपर्धा गर्न सक्ने उत्पादन ल्याउन जोडतोडले लागि गरेको छ। भारतमा टाटा मोटर्स हान्डा र हुन्डाईले उत्पादन गरेका वा त्यो भन्दा राम्रो र विश्वसनीय उत्पादन ल्याउन चाहन्छ र बजारमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ। भारतीय उपभोक्ता अब स्टाइलिस, गुणस्तर, विश्वसनीय र स्तरीय सर्भिस उपलब्ध गराउने कम्पनीका कार रोज्न थालिसकेका छन्। यही कुरालाई मध्यनजर गर्दै टाटाले आफूलाई विश्वस्तरीय सवारी उत्पादन गर्न सक्षम कम्पनीका रुपमा दरिलो बनाउँदै लगेको छ। 

विद्युतीय कारका सन्दर्भमा भारतीय उपभोक्ताहरू १२ देखि १५ लाख भारुमा ३ सय किलोमिटर रेन्ज दिने कारको पर्खाइमा छन् वा किन्न चाहनेको रोजाइमा यही सेगमेन्टको पर्ने छ। नेपालका सन्दर्भमा समेत यो मूल्य र रेन्ज उपयुक्त हुने देखिएको छ। अर्को महत्वपूर्ण पाटो भनेको आइसी इन्जिनको तुलनामा विद्युतीय कार महँगो छ। यसलाई केही हदसम्म सम्बोधन गरेर सस्तोमा वा भनौं आइसी इन्जिनकै सरह मूल्यमा विद्युतीय कार ल्याउन सक्ने कम्पनीका रुपमा उपभोक्ताले टाटालाई नै हेरेका छन्। टाटा मोटर्सले यसबारे अहिले नै मुख नखोलेको भएपनि काम गरिरहेको संकेत भने दिएको छ।  

सहज रुपमा उपलब्ध चार्जिङ पूर्वाधारले विद्युतीय कारका उपभोक्तालाई रेन्जको तनाव हुने छैन भने सडकको अवस्था बारेसमेत सोच्नु पर्ने नहुन सक्छ। विद्युतीय कारमा भएको ब्याट्रीको लाइफ साइकल सकिने वा यसको रिसेल भ्यालु के हुने भन्ने प्रश्न भने अझै ज्युँका त्युँ छ। 

सामान्यतया विद्युतीय कारको रिसेल भ्यालु आइसी इन्जिन कारको तुलनामा २५ प्रतिशत कम हुने देखिएको छ। यसको मुख्य कारण विद्युतीय कारमा प्रयोग भएको ब्याट्रीको मात्र लागत ४० प्रतिशतभन्दा धेरै हुन्छ। विद्युतीय सवारीमा प्रयोग भएको ब्याट्रीका आयु भनेको ८ वर्षसम्ममा त्यो भन्दा केही बढीमात्र हुन्छ। यदी ब्याट्रीको पुनः प्रयोग वा रिसाइकल गर्ने प्रविधि आएमा विद्युतीय कारको रिसेल भ्यालु बढ्ने अनुमान विज्ञहरूले गरेका छन्। तर अहिलेकै अवस्थामा भने विद्युतीय सवारीको रिसेल भ्यानु न्यून नै छ। तर संसारभरका विद्युतीय सवारी उत्पादक तथा अन्त्य उर्जासम्बन्धी कम्पनीहरू लिथियम आयन ब्याट्रीको रिसाइकल गर्ने विषयमा ठूलो धनराशि खर्चिएर अध्ययनमा लागेका छन्। 

trademark.png

विद्युतीय सवारीको रिसेल भ्यालु कम भएकै कारण वित्तीय संस्थाहरूले यस्ता कारको फाइनान्स गर्दा धेरै ब्याज लिने गरेका छन्। तथापी उपभोक्ताहरू विद्युतीय कार प्रतिनै आकर्षित हुँदै गइरहेका छन्। विद्युतीय कारले ध्वनी प्रदूषण नगर्ने, कम भाइब्रेसन, चलाउँदा धेरै सहज महसुस हुनु, नियमित सञ्चालन खर्च तुलनात्मक रुपमा कम हुनु र सबैभन्दा महत्वपूर्ण वायु प्रदूषण शून्य हुनुले धेरैको रोजाइमा परिरहेको हो। 

हाल टाटा मोटर्सले विद्युतीय कार भारतका साथै नेपालमा समेत बिक्री गर्दै आएको छ। निकट भविष्यमै कम्पनीले अन्य छिमेकी देशमा समेत विद्युतीय कार उपलब्ध गराउने बताएका छ। कुनै बजारमा कुनै विशेषतालाई जोड दिइन्छ त कुनैमा अर्कोलाई। त्यसैले टाटा मोटर्सले विश्वमा उपलब्ध नवीनतम् प्रविधिलाई आधार मानेर विद्युतीय कार उत्पादन गरिरहेकाले संसारभरका उपभोक्ताको रोजाइमा पर्ने विश्वास टाटा मोटर्सका प्रबन्ध निर्देशक (प्यासेन्जर कार एन्ड प्यासेन्जर इलेक्ट्रिक मोविलिटी) शैलेष चन्द्रले व्यक्त गरे। 

विद्युतीय सवारीको चार्जिङ पोर्टलगायत पूर्वाधारमा विश्वभर एकरुपतासहितको स्वीकार्यता विकास भएको छैन। अमेरिकाले आफ्नो देशमा सरकारले बनाउने चार्जिङ स्टेसनमा हुने पोर्टमा एकरुपता कायम गर्ने प्रस्ताव गरेको छ। अमेरिकाले उक्त प्रस्ताव पारित गरेर कार्यान्वनमा ल्यायो भने यसले विश्वभर नै एउटा सकारात्मक ह्वीम नै ल्याउने निश्चितप्रायः छ। 

यो अवस्था नहुँदासम्म भारतीय विद्युतीय कार उत्पादक कम्पनीहरूलाई चार्जिङ स्टेसन निर्माणको विषय टाउको दुःखाइ हुनसक्छ। किन पनि भने विद्युतीय कारको विस्तारका लागि चार्जिङ पूर्वाधारको विकास अनिवार्य सर्त नै हो। विगत लामो समयदेखि आधिकारिक बिक्रेताको सञ्जाल भएको नेपाल, बंगालादेश, भुटानलगायत देशमा त्यहीका आधिकारिक बिक्रेताले अपनत्व लिन्छन्। तर नयाँ बजारका लागि त्यो सुविधा टाटा मोटर्सहरूले पाउँदैनन्। 
टाटा मोटर्सका लागि अर्को चुनौतीको विषय भनेको चीनले गर्न सक्ने सम्भावित सप्लाइ नियन्त्रण। हाल केही पार्ट चीनबाट आयात गरेर टाटा मोटर्सले विद्युतीय कार उत्पादन गर्दै आएको छ। त्यसैले भारतमै धेरैभन्दा धेरै पार्टस उत्पादन गर्नुपर्नेे दबाबमा टाटा मोटर्स रहेको छ। विद्युतीय कारको माग भारतमा मात्र होइन नेपालमा समेत उल्लेख्य रुपमा बढ्दै गएको छ। 

एक्सपेरियल इन्डियाका विश्लेषक चित्तोपाध्यायको विश्लेषणलाई आधार मान्ने हो भने २०३० पछि टाटा मोटर्सले भारतमा मासिक ४ लाख कार बिक्री गर्ने अनुमान छ। हाल टाटा मोटर्सले भारतमा बिक्री हुने कुल प्यासेन्जर कार मध्ये १ प्रतिशतमात्र विद्युतीय कार बिक्री गरिरहेको छ। अहिले टाटाले बिक्री गर्ने विद्युतीय कारका उपभोक्ता मध्ये करिब ६० प्रतिशत पहिलोपटक कार किन्ने छन्। 

विद्युतीय कारका बारेमा टाटाका सन्तुष्ट खरिदकर्ताले गर्ने सिफारिस नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको टाटा मोटर्सका प्रबन्ध निर्देशक चन्द्रले उल्लेख गरेका छन्। तर अबको २ देखि ३ वर्षमा अन्य प्रतिस्पर्धी ब्रान्डले ल्याउन विद्युतीय कारसँग टाटाका विद्युतीय कारले धेरै जुध्नु पर्ने उनको तर्क छ। यो भनेको उपभोक्ताका लागि धेरै छनोटको अवसर समेत मिल्नु हो। तथापी त्यो समयसम्ममा टाटाले ल्याउने नवीव प्रविधिमा आधारित नयाँ मोडल र उपभोक्तामा छाडेको विश्वासले टाटाकै विद्युतीय कार धेरैको रोजाइमा पर्ने जिकिर समेत चन्द्रले गरे।  

trademark.png 

अबको केही वर्षभित्र टाटाले आधा दर्जनभन्दा बढी विद्युतीय कार बजारमा ल्याइसक्ने छ। टाटाले केही साताअघि दुई वटा नयाँ विद्युतीय कार कर्भ र अभेन्या कन्सेप्ट सार्वजनिक गरेको थियो। यी कारहरू २०२५ भित्र बजारमा आइसक्ने छन्। 

नयाँ जेनेरेसनका यी विद्युतीयभन्दा पहिले टाटाले हाल डिजेल/पेट्रोल भर्सनमा रहेका कारको विद्युतीय मोडल ल्याउने छ। नेक्सन र टिगोरको ईभी भर्सन ल्याएको टाटाले २०२२ मै अल्ट्रोज ईभी पनि ल्याउने भएको छ। टाटाले २०२० को अटो एक्सपोमा अल्ट्रोज ईभीको कन्सेप्ट सार्वजनिक गरेको थियो। 

टाटाको नेक्सन ईभी र टिगोर ईभी पछि नेक्सन ईभी म्याक्स बजारमा आइसकेको छ। बल्ट्रोज ईभी यही वर्ष बजारमा आउनेछ।

trademark.png 

कार उत्पादकहरूले उपभोक्ताको रोजाइमा पर्ने खालका मोडल उत्पादन गर्नुपर्ने चुनौती उनीहरू सामु छ। स्टार्टअप कम्पनीहरूले आकर्षक डिजाइनका विद्युतीय कारहरू सार्वजनिक गरिरहँदा परम्परागत कार उत्पादकहरूलाई यसले थप दबाब सृजना गरेको छ। तर पुराना कार उत्पादकहरूलाई फाइदा के छ भने उनीहरूले आरएन्डडीमा पर्याप्त लगानी गर्न सक्छन्।

टाटा मोटर्सलाई प्रविधि र विश्वस्तरीय आकर्षक डिजाइनमा ज्यागुअर ल्यान्ड रोभरको साथ रहने छ भने आरएन्डडीमा खर्च गर्न उसका लागि कुनै आइतबार कुर्नुपर्दैन। त्यसैले विद्युतीय कार बजारमा टाटा मोटर्स अबको केही वर्ष भित्र नै जबजस्त गेमचेन्जरको रुपमा स्थापित हुने निश्चितप्रायः छ।

images

प्रकाशित : बुधबार, असार १ २०७९०१:११

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ