काठमाडौं- नेपालमा पुँजी बजारको विकासक्रम सुरु भएको ८६ वर्ष भइसकेको छ। तर पनि अपेक्षित सुधार भने हुन सकेको छैन। अहिले डिम्याट खाता खोल्नेको संख्या ५१ लाख पुगेको छ भने दोस्रो बजारमा कारोबार गर्ने संख्या नै १४ लाख ३९ हजार पुगिसकेका छन्। मेरो सेयरको सदस्य संख्या नै ४२ लाख नाघिसकेको छ।
यसले नेपालको पुँजी बजार सकारात्मक बाटोमा हिँडेकोतर्फ संकेत गरेको छ। तर केही सुधारका काम गर्न नेपाल धितोपत्र बोर्ड तथा अर्थ मन्त्रालय चुक्ता अहिले इन्साइडर ट्रेडिङमार्फत साना लगानीकर्ता मारमा पर्दै आएका छन्।
८६ वर्षे पुँजी बजारको इतिहास
इतिहास र संस्थागत विकासक्रम सुरु भएको लामो समय भइसकेको छ। बि.स १९९३ मा कम्पनी ऐन स्थापनासँगै पुँजी बजार विकासको क्रम सुरु भएको थियो। कम्पनी ऐन स्थापनासँगै १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले धितोपत्र निष्काशन पहिलो पटक गरेका थिए। त्यो सँगै लामो समय संस्थागत विकास रोकियो।
२०१८ मा सरकारी ऋणपत्र कारोबार सुरु भएसँगै पुँजी बजारले नयाँ बाटो तय गरेको थियो। २०३३ मा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भयो। २०४० मा धितोपत्र कारोबार ऐन २०४० जारी भयो। ऐन जारी भएको ७ वर्षपछि २०४७ मा धितोपत्र सम्बन्धी जिम्मेवारी अर्थ मन्त्रालयमा रहने व्यवस्था गरिएको थियो।
धितोपत्र कारोबारलाई व्यवस्थित गर्न भन्दै सरकारले २०५० साल जेठ २५ गते धितोपत्र बजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरियो। २०५० मा नेप्सेलाई बोर्डबाट धितोपत्र बजार सञ्चालनको अनुमती दिइएपछि दोस्रो बजारमा कारोबारले संस्थागत सुरुवात भएको थियो।
सरकारले २०६३ मा गएर मात्रै धितोपत्रसम्बन्धी ऐन २०६३ जारी गरेको थियो। २०६४ मा स्वचालित कम्प्युटरकृत कारोबार प्रणालीमार्फत दोस्रो बजारको कारोबार सुरु गरिएको थियो। २०६४ मा ओटिसी बजारको स्थापना गरियो। काठमाडौं उपत्यकामा मात्रै सुरु भएको कारोबार २०६६ मा काठमाडौं बाहिर पनि सुरु गरियो। २०६७ देखि सिडिएस एण्ड क्लियरीङ (सीडीएससी) को स्थापना गरियो भने २०६८ मा क्रेडिट रेटिङ नियमावली २०६८ अनुरुप सञ्चालन अनुमति दिइएको थियो।
धितोपत्र बजारका लागि २०७० को दशक भने सुधारको दशकको रुपमा लिइन्छ। २०७२ मा पूर्णरुपमा अभौतिककृत धितोपत्रको कारोबार सुरु गरिएको थियो। २०७३ मा सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू गरियो। २०७४ मा वस्तु विनियम बजारको नियमन जिम्मेवारी समेत नेपाल धितोपत्र बोर्डलाई दिइएको थियो।
२०७५ मा नेप्से अनलाइन कारोबार प्रणालीको स्थापना गरिएपछि भने धितोपत्र सुधारले छलाङनै मारेको थियो। २०७५ मै सरकारले विशिष्टीकृत लगानी कोष नियमावली लागू गरेको थियो भने २०७७ मा बुकविल्डिङ प्रणाली लागू गरिएपनि कार्यान्वयनमा भने समस्या देखिएको छ। यता २०७७ मा दोस्रो बजारमा कारोबार राफसाफ तथा फछ्यौट प्रणाली टि प्लस २ लागू गरियो। जसले लाखौँ लगानीकर्ता सहज भएको छ।
धितोपत्र बजारमा अहिले ५० वटा व्यवसायी रहेका छन् भने योग्य र संस्थागत लगानीकर्ता ९५ पुगेको छ। त्यस्तै सूचीकृत संगठित संस्था २२९ पुगेको छ। स्वा सदस्य ४९ रहेका छन्। निक्षेप सदस्य ८१ र मर्चेन्ट बैंकर ३० रहेका छन्। केन्द्रिय निक्षेप सेवा कम्पनी एउटा मात्रै रहेको छ। यता साख मूल्यांकन कम्पनी ३ वटा रहेको छ भने सामूहिक लगानीकोष १८ वटा रहेको छ।
नेप्सेको उच्च बिन्दु कतिसम्म?
नेप्सेको बजार पुँजीकरण
कति पुगे लगानीकर्ता?
धितोपत्र बजारका समस्या के के हुन्?
भौतिक पूर्वाधार तथा सूचना प्रविधि
बोर्डको स्वायत्तता
वित्तीय साक्षरता
कानूनी पूर्वाधार
रियल टाइम सर्भिलेन्स सिष्टम
बास्वतिक क्षेत्रका कम्पनीको न्यून उपस्थिति
बजार सहभागीहरूको सुशासन अभ्यास
धितोपत्र औजारको विविधिकरण
धितोपत्र सुधारका लागि आवश्यक काम के के हुन्?
राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई प्रोत्साहन
बुक बिल्डिङ प्रणाली संचालन ल्याउने
वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा प्रवेश गराउने
बोर्डको सूचना प्रविधि भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गर्ने
बजारमा एसएमइ प्लेट को छुट्टै व्वस्था गर्ने
साना तथा माझौला व्यवसायीलाई पुँजीकरण प्रवेश गर्न प्रोत्साहन गर्ने र गैरआवसीय नेपाली संघलाई दोस्रो बजारमा प्रवेश गराउने
ठूला तथा स्थापित कम्पनीहरूमा जनताको स्वामित्व बढाई पुँजी बजारलाई थप विस्तार गर्ने
बजार सहभागिहरूको व्यवसायिकता तथा स्तर अभिबृद्धि र कार्यक्षेत्र विस्तार गर्ने