मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

८ वर्षमा १० प्रतिशतले मात्र बढ्यो कोदो उत्पादन 

images
बुधबार, जेठ २५ २०७९
images
images
८ वर्षमा १० प्रतिशतले मात्र बढ्यो कोदो उत्पादन 

परम्परागत खेती प्रणाली, उन्नत बिउको अभाव तथा खेती प्रविधिको विस्तार नहुँदा परम्परागत बालीको उत्पादनमा खासै उपलब्धी भएको छैन। 

images
images

काठमाडौं- गत वर्षको तुलनामा यो वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ। 

images
images
images

सरकारले हालैमात्र प्रकाशित गरेको आर्थिक सर्वेक्षणमा उल्लेख भएको तथ्यांक अनुसार कोदोको उत्पादन बढेको देखिएको छ। 

तथ्यांकअनुसार यो वर्षको ८ महिनासम्मको तथ्यांकमा ३ लाख ३९ हजार मेट्रिकटन कोदो उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा १२ हजार मेट्रिकटन धेरै हो। 

images

पछिल्लो ८ वर्षको तथ्यांक अनुसार नेपालमा कोदो उत्पादनमा खासै ठूलो वृद्धि भएको छैन। न घटेको छ न बढेको छ। कोदो उत्पादन हुने क्षेत्रफल पनि स्थिर देखिन्छ भने उत्पादनमा पनि खासै वृद्धि भएको छैन। 

images

आठ वर्षअघि २०७१ सालमा ३ लाख ८ हजार मेट्रिकटन कोदो उत्पादन भएको थियो। अर्थात् गएको आठ वर्षमा कोदो उत्पादन क्षमता जम्मा ३१ हजार टनले मात्र वृद्धि भएको छ। अर्थात् ८ वर्षमा कोदो उत्पादन १० प्रतिशतले बढेको छ। 

कोदो खेती हुने क्षेत्रमा पनि विस्तार देखिएको छैन। २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती भएको थियो। तर यो वर्ष जम्मा २ लाख ६७ हजार हेक्टरमा खेती भएको छ। खेती गर्ने जग्गाको विस्तार नहुँदा पनि उत्पादनमा झिनो वृद्धि हुनु भनेको उत्पादकत्वमा गिरावट नआउनु हो। 

परम्परागत खेती प्रणाली, उन्नत बिउको अभाव तथा खेती प्रविधिको विस्तार नहुँदा परम्परागत बालीको उत्पादनमा खासै उपलब्धी भएको छैन। 

गएको आठ वर्षमा कोदोको उत्पादकत्वमा खासै सुधार आएको छैन। २०७१ सालमा एक हेक्टर जग्गामा १.१५ मेट्रिकटन कोदो उत्पादन हुने गरेकोमा यो वर्ष १.२७ मेट्रिकटन पुगेको छ। उत्पादकत्वमा खासै सुधार नआउँदा पनि किसानको आकर्षन बढ्न सकेको छैन। 

कोदो नेपालको रैथाने बाली मानिन्छ। देशका अधिकांस स्थानमा खेती गरिने कोदोको उत्पादन प्रदेशगत रुपमा सबैभन्दा धेरै गण्डकीमा हुन्छ। जिल्लामा भने सबैभन्दा धेरै खोटाङमा हुन्छ। 

कोदोलाई नेपालमा धान,गहुँ तथा मकैपछिको मुख्य बालीका रुपमा लिइन्छ। पोषणयुक्त बालीका रुपमा चिनिने भएपनि यसको उत्पादन वृद्धिका लागि सरकारी तथा गैरसकारी पहलको अभाव छ। 

देशको रैथाने बाली भएपनि कोदोको उत्पादन बढ्न नसक्दा यसको आयात बढ्दै गएको छ। विभिन्न प्रायोजनका लागि आवश्यक पर्ने कोदोको आयात गएको वर्ष ६ करोड रुपैयाँको भएको थियो। प्रत्येक वर्षको यसको आयात बढ्दै गएको छ। 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend