शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

images
शनिबार, जेठ १४ २०७९
images
पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

समुन्द्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गर्छन्।

images
images

गलेश्वर- पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ। गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब ३० लाख रुपैयाँको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो। 

images
images
images

बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन्। गण्डकी प्रदेश सरकारको थप १० लाख रुपैयाँ बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ।

images
images

समुन्द्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गर्छन्। प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको स्थानीय श्याम पुन बताउँछन्।  

images
images

दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौँ हिमालको दृष्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन्। धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायत हिमाल नजिकबाट देख्न पाइन्छ।

प्राकृतिक दृष्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ। पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ। वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन्। पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार निर्माणमा जोड दिन स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने स्थानीयवासी नरबहादुर पुन बताउँछन्। 

सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ। घाङ्लेपानीबाट करिब पाँच घण्टामा लालीगुरासँको घनाजंगल हुँदै गाईभैँसी र भेडाबाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन्।

'गुरासे जंगलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ', मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले भने। यहाँ गाईभैँसी र भेडाबाख्राका लागि गोठको व्यवस्था गरिएको छ। रासस


प्रकाशित : शनिबार, जेठ १४ २०७९०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend