शुक्रबार, चैत १६ गते २०८०    
images
images

नेपाल टेलिकमको नाफा घट्यो, यस्ता छन् नाफा घट्नुका ६ कारण

images
images
नेपाल टेलिकमको नाफा घट्यो, यस्ता छन् नाफा घट्नुका ६ कारण
images
images

काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफाामा गिरावट आएको छ। टेकिलमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक अवधिमा गत आर्थिक वर्ष २०७७/०७८को सोही अवधिको भन्दा नाफा कम भएको हो।

images
images
images

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको मुनाफा  ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ चैत्र मसान्त) मा  ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कमी भई ५  अब ४३ करोड ५३ लाख ४७ हजार मात्रै नाफा भएको टेलिकमले जनाएको छ।

images

यसैगरी गत आव तेस्रो त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा  ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगको टेलिकमले जनाएको छ।

images
images

यसैगरी गत आवको तेस्रो त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आबको सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कुल आय  ८६ करोड २९ लाख ५६ हजार (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई  ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको  टेलिकमले जनाएको छ।

नाफा कम हुनुका कारणहरु

- कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी।

- २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको।
- अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको।

- सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा कमी । 

- कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको। 

- कोभिड–१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको। 

images

प्रकाशित : बुधबार, वैशाख २८ २०७९०६:०१

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ