आइतबार, जेठ ६ गते २०८१    
images
images

प्रचण्डका घरभेटीले सात वर्षदेखि सडक अलपत्र पार्दा काठमाडौंमा फोहर उठ्न सकेन

images
शुक्रबार, वैशाख २३ २०७९
images
images
प्रचण्डका घरभेटीले सात वर्षदेखि सडक अलपत्र पार्दा काठमाडौंमा फोहर उठ्न सकेन
images
images

काठमाडौं- स्थानीय तहको चुनाव हुन एक साता बाँकी छ। तर काठमाडौंका सडक र गल्लीमा फोहर उठ्न नसक्दा दुर्गन्ध फैलिरहेको छ। थुप्रिएका फोहर कहिलेदेखि उठ्ने हो भन्ने टुङ्गो छैन।

images
images
images

पासाङ ल्हामु सडकखण्ड कालोपत्रे हुन नसक्दा फागुनदेखि नै फोहरको समस्या देखिएको थियो। अहिले गएको १० दिनदेखि फोहर उठ्ने क्रम ठप्प छ। महानगरपालिकाका अनुसार १० दिनदेखि फोहर नुवाकोटको सिसडोल ल्यान्डफील साइटमा पुग्न नसक्दा काठमाडौंमा १२ देखि १५ सय ट्रक फोहर जम्मा भइसकेको छ।

images

फोहर ल्यान्डफील साइटमा लैजान नसकेपछि महानगरले घरमै फोहर जम्मा गर्न र सडकमा जम्मा नगर्न भनेर सार्वजनिक रुपमा अपिल गरेपनि सडक र गल्लीमा फोहरको थुप्रो लाग्न छाडेको छैन। हाल काठमाडौंका कलंकी, बानेश्वर, पुतलीसडक, सोल्टीमोट, कालीमाटी, पुतलीसडक, बागबजार लगायतका ठाउँमा फोहर थुप्रिएका छन्। महानगरले सडकमा फोहर जम्मा नगर्न भनेपनि धेरै ठाउँका सडक र गल्लीमा फोहर थुप्रिएर दुर्गन्ध फैलिएको छ।

images
images

फोहर व्यवस्थापनका लागि महानगरले अन्य कुनै पनि उपाय अपनाउन सकेको छैन। महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहर जम्मा हुने गरेको छ । वर्गीकरण नगरी एकै ठाउँमा फोहर हाल्दा यो परिमाण अझै बढ्न सक्छ। उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

images
images

merger--768x346.jpg

यी सबै फोहर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल लैजाने गरिएको छ। दैनिक २५ ट्रकको दुई सय ५० टन फोहर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजारभन्दा बढी टन फोहर फालिरहेका छन्।

यसअघि पनि मंसिर २८ गतेदेखि त्यहाँका स्थानीयले करिब दुई साता सडक अवरुद्ध गरेका गरेका थिए। जसकारण दैनिक १२ सय टन उत्पादन हुने फोहर सडक, गल्लीमा थुप्रिएको थियो। गत फागुनमा पनि दुई साता यस्तै समस्या आएको थियो। थुप्रिएको फोहर व्यवस्थापन गर्नका लागि महानगरलाई दुई साता नै लागेको हो।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हो। 

fohor ktm.jpg

शैलुङ कन्स्ट्रक्सन कम्पनीले उक्त सडक निर्माणको काम गरिरहेको छ। शैलुङ्ग कन्स्ट्रक्सनका प्रोपाइटर शारदा अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटीसमेत हुन्। शारदा प्रसाद अधिकारीले सडक निर्माणको ठेक्का पाएको ७ वर्ष भइसकेको छ। तर पनि निर्माणको काम अझै सम्पन्न गरेका छन्। 

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको यो सडकको दुईमध्ये एउटा खण्डमा भारतीय निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता विभागले तोडिसकेको छ। त्यसविरुद्ध ठेकेदार कम्पनी न्यायिक पुनरावलोकनमा गएकाले अर्को ठेक्का लागेको छैन।

सडक निर्माणका दुई वर्षभित्र सम्पन्न गर्ने गरी शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो। पटक पटक म्याद थपिए पनि हालसम्म ५० प्रतिशतभन्दा धेरै ठेकेदार कम्पनीले काम गर्न सकेको छैन। 


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend