शनिबार, वैशाख ८ गते २०८१    
images
images

एक वर्षमा साढे १५ सय विद्युतीय कार बिक्री, कुन ब्रान्डको बजार हिस्सा कति?

images
images
एक वर्षमा साढे १५ सय विद्युतीय कार बिक्री, कुन ब्रान्डको बजार हिस्सा कति?
images
images

काठमाडौं- सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने नीतिसहित करमा सहुलियत दिँदै आएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिडाले सरकारी नीतिकैविरुद्ध हुनेगरि विद्युतीय सवारीमा लाग्दै आएको करमा ‘व्यापक’ वृद्धि गरेकाले त्यसपछिको एक वर्ष विद्युतीय सवारी आयात ठप्प प्रायः थियो। 

images
images
images

खतिवडापछि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीमा लगाएको करमा उल्लेख्य कटौती गरे। उक्त निर्णयसँगै पुनः विद्युतीय सवारीको आयात बढ्न थाल्यो। नेपाली बाजरमा विशेषगरि नीति प्रयोजनका विद्युतीय कारको माग तथा आयात धेरै रहेको छ। विद्युतीय मोटरसाइकल तथा स्कुटर, ई-रिक्साका ब्रान्ड धेरै भएपनि तीनको बिक्री भने बढ्न सकेको छैन। यता ठूला विद्युतीय बसको आयात भने ज्यादै न्यून रहेको छ।

images

विद्युतीय कार आकर्षक, एक पटकको फुल चार्जमा ३/४ सय किलोमिटर रेन्ज र कर सहुलियतका कार धेरैको रोजाइमा पर्ने गरेको छ। नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कार आयात हुँदै आएको छ। विश्व चर्चित ब्रान्ड टेस्लादेखि कोरियाली ब्रान्ड हुन्डाई र किया, भारतीय ब्रान्डको टाटा, जापानी ब्रान्ड निसान तथा चिनियाँ ब्रान्ड बीवाईडीसम्मका विद्युतीय कार उपलब्ध रहेका छन्।

images

२०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षमा नेपाली बजारमा जम्मा २ सय १८ वटामात्र विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। त्यति बेला युवराज खतिवडाले बढाएको कर र कोरोना महामारीको चरम चपेटाको प्रभावका कारण विद्युतीय कार आयात हुन सकेको थिए। 

images
images

तर विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीको कर घटाएको र कोरोना महामारीको प्रभाव कम हुँदै गएसँगै विद्युतीय सवारी आयात बढ्न थालेको हो। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको एक वर्षमा भने विद्युतीय कार आयात उल्लेख बढेर १५ सय ४० वटा नेपाल भित्रिएका हुन्।  

एक वर्षमा आयात भएका विद्युतीय कार मध्ये सबैभन्दा धेरै एमजी (मोरिस ग्यारेज)को आयात भएको छ। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म नेपाली बजारमा सबैभन्दा धेरै एमपी ब्रान्डको एमजी जेडएस इभी आएको छ। एक वर्षमा ६ सय ९७ वटा एमजी जेडएस इभी बिक्री भएको छ। 

नेपाली बजारमा एमजीको एउटामात्र मोडलको विद्युतीय कार आयात तथा बिक्री हुँदै आएको छ। पारामाउन्ट मोटर्सले एमजीको जेडएस इभी बिक्री गर्दै आएको छ।  

त्यस्तै दोस्रो धेरै बिक्री हुने विद्युतीय कार टाटा ब्रान्डको रहेको छ। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको एक वर्षमा टाटाको ४ सय ५४ वटा विद्युतीय कार बिक्री भएको छ। टाटाको नेक्सन इभी नेपाल भित्रिएको छोटो समयमा धेरै बिक्री हुने विद्युतीय कारमा पर्छ। सो एक वर्षको अवधिमा टाटाको नेक्सन इभी मात्र नेपाल आएको थियो। हालै कम्पनीले टिगोर इभीसमेत नेपाल भित्र्याएको छ। 

टाटाका सवारी नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ। विद्युतीय सवारी बिक्रीमा आक्राक देखिएको टाटाले चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको छ। 

तेस्रो धेरै आयात हुने ब्रान्डमा हुन्डाई रहेको छ। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको एक वर्षमा हुन्डाईका १ सय ४९ वटा विद्युतीय कार आयात भइ बिक्री भएको छ। नेपाली बजारमा हुन्डाईका कोना र आयोनिक गरि दुई मोडलका विद्युतीय कार बिक्री हुँदै आएको छ। विश्वभर सेमिकन्डक्टर अभाव र मोडल अपग्रेड गर्न लागेकाले हुन्डाईका कारको आयात कम भएको हो।  

नेपाली बजारमा हुन्डाईका कार लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ। लक्ष्मी इन्टिरकन्टिनेन्टलले पनि देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनको निर्माणलाई उच्च प्राथमिकता दिएको छ। 

धेरै विद्युतीय सवारी बिक्री गर्ने ब्रान्डको चौथो स्थानमा बीवाईडी रहेको छ। साइमेन्स इंकले २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको अवधिमा ८४ वटा विद्युतीय कार आयात गरेको छ। बीवाईडीको इसिक्स कार नेपाली बजारमा उपलब्ध रहेको छ। 

त्यस्तै पाँचौं स्थानमा रहेको कियाका ४५ वटा विद्युतीय कार बिक्री भएको हो। कन्टिनेन्टल ट्रेडिङले आयात गर्दै आएको कियाका निरो र सोल इभी नेपाली बजारमा बिक्री हुन्दै आएको छ। 

छैटौं स्थानमा रहेको निसानका २९ वटा विद्युतीय कार नेपाली बजारमा बिक्री भएको हो। पायोनियर मोटोकर्पले ल्याएको निसानको लिफ विद्युतीय कार विश्व बजारमा निक्कै चर्चा बटुलेको कार हो। सातौमा जियुयान ब्राडका विद्युतीय कार आयात भएको छ। २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म यो ब्रान्डका २७ वटा विद्युतीय कार आयात भएको थियो। 

अर्को धेरै बिक्री हुने विद्युतीय कार हो विश्व चर्चित ब्रान्ड टेस्ला। एक वर्षको अवधिमा टेस्लाका २२ वटा विद्युतीय कार नेपाली बजारमा बिक्री भएको थियो। विभिन्न कारणले भन्सारमा आएर रोकिएकाले अघिल्लो वर्ष आयात भएपनि टेस्लाका कार सोही वर्ष भन्सार जाँचपास भएका हुन्। 

टेस्लाका कार नेपाली बजारमा अरेत इन्टरनेसनलले बिक्री गर्दै आएको छ। कम्पनीले नेपाली बजारमा टेस्लाका मोडल एक्स, मोडल थ्री र मोडल वाई कार उपलब्ध गराउँदै आएको छ। 

त्यस्तै गरि डेरी ब्रान्डका २० वटा, हुहाइ ब्रान्डका ६ वटा, सानडोङ ब्रान्डका ४ वटा र ग्रेटवाल मोटरको ३ वटा ओरा गुड क्याट विद्युतीय कार २०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको अवधिमा नेपाल आएका हुन्। 

नेपाल भित्रिएका सबैजसो विद्युतीय कार बिक्री भइसकेका छन्। धेरै जसो ब्रान्डका विद्युतीय कार किन्न चाहने ग्राहकले केही महिना कुर्नुपर्ने अवस्था रहेको आधिकारिक बिक्रेताहरूको भनाइ छ।

आगामी दिनमा विद्युतीय कारको बिक्री अझै बढ्ने निश्चित छ। सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै इन्धनबाट चल्ने कारको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको छ। तर विद्युतीय कारका लागि भने यो प्रतिबन्धात्मक व्यवस्था लाग्दैन। 

images

प्रकाशित : सोमबार, वैशाख १९ २०७९०२:४८

प्रतिक्रिया दिनुहोस