काठमाडौं- धुलोधुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाँउ कहाँ होला? हामीलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ। तर राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ। सरकारी र नीजि क्षेत्र शहरका खुला ठाँउ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ।
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन्। लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्। यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरूले खिचेको प्रतिनिधि तस्बीरहरू-