बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सेयर बजारमा सामान्य सुधार, ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १० २०८३
सेयर बजारमा सामान्य सुधार, ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार

आज नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले घटेको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ।

आज नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३६० कम्पनीका १ करोड ५३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल ५२ हजार ९९७ पटकको कारोबारबाट ५ अर्ब ७९ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब १२.०९ प्रतिशत बढेको छ।कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये  ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ।

 


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend