बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

त्रिभुवन विमानस्थलबाट अवैधरुपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

मंगलबार, कात्तिक १० २०८३
त्रिभुवन विमानस्थलबाट अवैधरुपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार्गो कम्प्लेक्सबाट अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद भएको हो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद भएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार्गो कम्प्लेक्सबाट अवैधरूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद चुरोट स्काइ लजिस्टिक कार्गो प्राइभेट लिमिटेडको रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend