बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तिनदिने सीपमूलक तालिम

सोमबार, असोज १९ २०८३
महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तिनदिने सीपमूलक तालिम

महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले तालिम गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तिनदिने सीपमूलक तालिम सम्पन्न भएको छ। ललितपुरको सुनाकोठीमा भएको तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिला सहभागी थिए।

तालिमको समापनमा ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले तालिम गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।


प्रकाशित : सोमबार, असोज १९ २०८३१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend