काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन थ्रीका लागि जनकपुर बोल्ट्ससँगको सहकार्य नवीकरण गरेको छ। यो सम्झौतासँगै गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा निरन्तर रहनेछ।
झम्सीखेलस्थित द प्लाजामा गत शुक्रबार साझेदारी पत्रमा हस्ताक्षर भएको हो। सोही अवसरमा जनकपुर बोल्ट्सको टोली र रङबाट प्रेरित सीमित अवधिको विशेष ‘गल्फ प्राइड ४टी प्लस २०डब्लू-५०’ प्याक पनि सार्वजनिक गरिएको छ।
विगतका सिजनहरूदेखिको सहकार्यलाई निरन्तरता दिँदै सिजन थ्रीको यो साझेदारीले केवल ब्राण्डको प्रचारप्रसारमा मात्र सीमित नरही क्रिकेट प्रशंसक, उपभोक्ता, खुद्रा बिक्रेता (रिटेलर्स), मेकानिक्स तथा व्यावसायिक साझेदारहरूसँग अझ बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ। यो अभियान जनकपुर बोल्ट्सको ऊर्जा र गल्फ लुब्रिकेन्ट्सको कार्यक्षमतालाई जोड्दै गल्फ पावर्ड बोल्ट्स नाराका साथ अघि बढाइनेछ।
नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा सीईओ करणकुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सहकार्य केवल दृश्यताका लागि मात्र कहिल्यै थिएन यो हरेक सुख-दुःखमा टोली र समुदायको साथमा उभिनु पनि रहेको बताए। यस सिजनमा 'गल्फ पावर्ड बोल्ट्स' मार्फत हामी त्यो सम्बन्धलाई अझ अगाडि बढाउँदै गल्फका उत्पादनहरू प्रत्यक्ष रूपमा ती प्रशंसक, रिटेलर्स र मेकानिक्सको हातमा पुर्याउँदैने लक्ष्य रहेको उनको भनाइ छ। गल्फले सधैँ वास्तविक प्रदर्शन आवश्यकता परेको बेला देखिन्छ भन्ने विश्वास राख्छ र यही कुरा हामी जनकपुर बोल्ट्स र मधेश क्षेत्रमा देख्छौँ। सिजन थ्रीका लागि यो सम्बन्ध नवीकरण गर्न पाउँदा खुसी लागेको चौधरीले बताए।
त्यस्तै जनकपुर बोल्ट्सका सीईओ निरज खतिवडाले गल्फले हाम्रो हरेक यात्रामा साथ दिएको छ, एनपीएल ट्रफी उचाल्ने उत्कृष्ट क्षणदेखि अंकतालिकाको पुछारमा सीमित हुनुपरेको कठिन समयसम्मसँगै रहेको बताए। नतिजा जस्तोसुकै भए पनि बोल्ट्सप्रतिको निरन्तर विश्वासले हामीले उच्च कदर गर्ने साझेदारको रूप देखाएको उनको भनाइ छ।
गल्फ/जनकपुर बोल्ट्स विशेष संस्करण
जनकपुर बोल्ट्सको पहिचान र रङलाई ध्यानमा राखेर तयार पारिएको सीमित अवधिको विशेष गल्फ प्राइड ४टी प्लस २०डब्लू-५० प्याक बजारमा १५ असोजदेखि १४ मंसिर २०८३ सम्म उपलब्ध हुनेछ।
यस पहलबारे बोल्दै नेपाल ल्युब आयल लिमिटेडका डीजीएम (सेल्स एन्ड मार्केटिङ) दिवाकर मिश्रले यो विशेष संस्करण विज्ञापनभन्दा माथि उठेर बजारसँग अझ मजबुत सम्बन्ध बनाउने प्रयास भएको बताए। गल्फको उत्पादन शक्ति र जनकपुर बोल्ट्सप्रतिको क्रेजलाई जोडेर हामी उपभोक्ता र रिटेलर्सका लागि एनपीएल सिजनभर एक विशिष्ट अनुभव सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाइ छ।
विशेष संस्करणको बजार प्रवर्द्धनका लागि गल्फले रिटेलर लिडरबोर्ड योजना पनि सञ्चालन गर्नेछ, जसअन्तर्गत अभियान अवधिभर यो विशेष प्याक सबैभन्दा बढी बिक्री गर्ने खुद्रा बिक्रेतालाई सम्मान गरिनेछ।
प्रशंसक र बजारसम्म सहकार्य विस्तार
एनपीएल सिजन थ्रीको यो साझेदारीलाई डिजिटल प्लेटफर्म, म्याच-डे संलग्नता र गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्ता तथा बजारकेन्द्रित कार्यक्रमहरूद्वारा टेवा पुर्याइनेछ। यी कार्यक्रमहरूमार्फत गल्फ र जनकपुर बोल्ट्सले क्रिकेट प्रेमीहरूसँग अर्थपूर्ण सम्बन्ध गाँस्दै दुवै ब्राण्डको साखलाई अझ सुदृढ बनाउने लक्ष्य राखेका छन्।
नेपाल प्रिमियर लिगको तेस्रो सिजन आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।