बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सबैभन्दा धेरै लिबर्टी इनर्जीको सेयर किनबेच, भदौमा कुन-कुन परे शीर्ष १० मा?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ६ २०८३
सबैभन्दा धेरै लिबर्टी इनर्जीको सेयर किनबेच, भदौमा कुन-कुन परे शीर्ष १० मा?

शीर्ष १० मध्ये ९ वटा कम्पनी जलविद्युत् क्षेत्रकै परेकाले यस महिना लगानीकर्ताहरूको प्रमुख रोजाइमा जलविद्युतकै सेयर परेको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा सर्वाधिक सेयर कारोबार भएका शीर्ष १० कम्पनीहरूको तथ्यांक सार्वजनिक गरेको छ। विवरणअनुसार भदौ महिनामा सेयर बजारमा जलविद्युत् क्षेत्रका कम्पनीहरूको दबदबा देखिएको छ।  

भदौ महिनामा लिबर्टी इनर्जीको कुल ७६ लाख ३७ हजार कित्ता  सेयर किनबेच भएको छ। सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा रिडी पावर कम्पनी लिमिटेड रहेको छ। जसको ६१ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ। 

त्यसैगरी सोलु हाइड्रोपावर लिमिटेड ४९ लाख ९ हजार कित्ता सेयर कारोबारका साथ तेस्रोमा र अङ्खु खोला जलविद्युत् कम्पनी लिमिटेड ४५ लाख ९२ हजार कित्ता कारोबारसहित चौथोमा रहेका छन्।   

नेप्सेको तथ्यांकअनुसार सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको ४२ लाख ५९ हजार कित्ता, अपि पावर कम्पनी लिमिटेडको ३९ लाख २२ हजार कित्ता र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३९ लाख कित्ता सेयर कारोबार भएको छ।   

बैंकिङ समूहबाट भने कुमारी बैंक लिमिटेडको कुल ३६ लाख ४९ हजार कित्ता सेयर कारोबार भएको छ। 

सूचीको नवौँ स्थानमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। जसको ३५ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ भने मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड ३५ लाख ४९ हजार कित्ता सेयर कारोबारका साथ दशौँ स्थानमा छ।   

भदौ महिनामा शीर्ष १० कम्पनीहरूबाट मात्रै कुल ४ करोड ६१ लाख ८० हजार कित्ता सेयर कारोबार भएको छ। शीर्ष १० मध्ये ९ वटा कम्पनी जलविद्युत् क्षेत्रकै परेकाले यस महिना लगानीकर्ताहरूको प्रमुख रोजाइमा जलविद्युतकै सेयर परेको छ।  


प्रकाशित : मंगलबार, असोज ६ २०८३१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend