काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा यामाहाको एक्सचेन्ज मेला ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ। यामाहाको नेपालका लागि आधिकारिक एमएडब्लू राइडसले आज सोमबारदेखि ब्लू फेस्ट मेला सुरु गरेको हो।
सोमबारदेखि सुरु भएर असोज १० गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। एक्सचेन्ज, अपग्रेड, फाइनान्सिङ तथा विभिन्न उपहार र मनोरञ्जनात्मक गतिविधि मेलाका मुख्य आकर्षण हुने कम्पनीले जनाएको छ।
ब्लू फेस्टमा यामाहाका मोटरसाइकल वा स्कुटर किनेका ग्राहकले १ लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै पुरानो दुईपाँग्रे सवारीसाधनको एक्सचेन्जका लागि ५० भन्दा बढी भ्यालुएटर एकै स्थानमा उपलब्ध रहने र अधिकतम मूल्यांकनको ग्यारेन्टीको व्यवस्था रहेको कम्पनीको भनाइ छ।
यामाहाको मोटरसाइकल तथा स्कुटर खरिदलाई झन्झटरहित बनाउन मेलामा ग्राहकले नागरिकताको आधारमा अन द स्पट फाइनान्सिङ सुविधा पाउने छन्। यसमा कम्पनीले ४० महिनासम्मको लो ईएमआई फाइनान्सिङ सुविधा उपलब्ध गराउने छ।

ब्लू फेस्टमा ग्राहकका लागि विभिन्न आकर्षणसमेत राखिएको छ। जसमा हाइटेक ग्याजेट जित्ने अवसर, डोर प्राइज, टेस्ट राइड गरी पुरस्कार जित्ने अवसर, ब्लू ग्रिप च्यालेन्ज, विभिन्न किसिमका निःशुल्क एक्सेसरिज, क्रिएटर, राइडर तथा सेलिब्रिटीसँग भेटघाट र अन्य मनोरञ्जनात्मक गतिविधि रहेका छन्।
कम्पनीले यामाहा ब्लू फेस्टलाई ग्राहकले पुरानो सवारीसाधन एक्सचेन्ज गरेर नयाँ तथा हाइटेक दुईपाँग्रेमा अपग्रेड गर्ने अवसरका रूपमा प्रस्तुत गरेको हो। यो मेलामा यामाहाको फेस्टिभ अफरका रूपमा सञ्चालन भइरहेको ‘चंगा चेट’ स्किम पनि लागु हुनेछ।
मेलामा उपभोक्ताले यामाहाका २ लाख ८४ हजार ९ सय रुपैयाँदेखि ७ लाख ४९ हजार ९ सय रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।