बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष : एक वर्षमा दियो ९ लाख यात्रुलाई सेवा

सोमबार, असोज ५ २०८३
यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष : एक वर्षमा दियो ९ लाख यात्रुलाई सेवा

बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै यतीले सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको छ।

काठमाडौं- नेपालको आन्तरिक हवाई बजार विभिन्न चुनौतीबीच अघि बढिरहेको छ। सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धाजस्ता विषयले वायुसेवा व्यवसायमा प्रभाव पार्दै आएका छन्।

विविध चुनौतीबीच यती एयरलाइन्सले भने सुरक्षा र सेवाको गुणस्तर विस्तारसँगै यात्रुको मन जितिरहेको छ। नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एयरलाइन्सले पछिल्लो एक वर्षमै ९ लाख यात्रुलाई सेवा दिएको छ।

सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै यतीले सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको छ।

वायुसेवा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा यात्रुका लागि भाडादरका साथै बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन तथा समग्र यात्रु अनुभव पनि महत्वपूर्ण बन्दै गएको छ। यही पक्षलाई ध्यानमा राख्दै यती एयरलाइन्सले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गर्दै आएको जनाएको छ।

यात्रुका सुझाव र प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम तथा ग्राहक सम्पर्क प्रणालीलाई समेत थप प्रभावकारी बनाउनेतर्फ कम्पनी केन्द्रित छ।

यती एयरलाइन्सले आफ्नो व्यवसायको मुख्य आधारका रूपमा उड्डयन सुरक्षालाई राख्दै आएको छ। सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ।

सुरक्षित उडानसँगै यात्रुलाई भरपर्दो र सहज सेवा प्रदान गर्नु आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। सुरक्षा र सेवा गुणस्तरमा गरिएको निरन्तर लगानीले यात्रुको विश्वासलाई थप मजबुत बनाउने कम्पनीको अपेक्षा छ।

नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यम हो। यती एयरलाइन्सले विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ।

२८औँ वार्षिकोत्सवका अवसरमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभवलाई थप सहज, सुरक्षित र भरपर्दो बनाउने कम्पनीको प्रतिबद्धता छ।


प्रकाशित : सोमबार, असोज ५ २०८३११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend