बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सिटिजन्स बैंकको मधेश केन्द्रित कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २६ २०८३
सिटिजन्स बैंकको मधेश केन्द्रित कार्यक्रम सम्पन्न

मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू सञ्चालनमा छन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मधेश केन्द्रित कार्यक्रम सम्पन्न भएको छ। बैंकले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ 'ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४' कार्यक्रम गरेको हो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको बैंकले जनाएको छ।

यसअघि नै बैंकले बागमती प्रदेशमा 'लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश' र कोशी प्रदेशमा 'एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश' कार्यक्रम गरेको थियो। अरु प्रदेशहरूमा पनि यसैगरी क्रमश: कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।

मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू सञ्चालनमा छन्।

बैंकले देशभरका आफ्ना २ सय वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ २६ २०८३१५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend