बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ओमोडा र जेइकोका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने

मंगलबार, भदौ २३ २०८३
ओमोडा र जेइकोका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने

जेइको जे फाइभ र जे फाइभ प्रोमा १ सय ८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्।

काठमाडौं- नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकोका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्।

हालै आएको बिनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको हो। यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्सपो र नाडा अटो शो २०२६ मा ओमोडा र जेइकोका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू अहिले छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

ओमोडा र जेइकोको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको छ। ‌ओमोडा ई फाइभ र ई फाइभ प्रोमा १ सय ९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेवन टू एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधाहरू रहेका छन्।

त्यस्तै जेइको जे फाइभ र जे फाइभ प्रोमा १ सय ८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्।

यसैगरी जेइको जे सिक्सटीले २ सय २५ एमएमको सेग्मेन्टमै उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४ सय ३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ केडब्लूएच ब्याट्री तथा १ सय ३५ किलोवाट मोटर प्रदान गर्दछ। यी विशेषताले जे सिक्स टीलाई सहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ।

देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेसँगै यसअघि ओमोडा तथा जेइकोका गाडी बुकिङ गरेका ग्राहकहरूले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्नेछन्। साथै नयाँ ग्राहकहरूले नजिकको आधिकारिक ओमोडा तथा जेइको डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता तथा मूल्यबारे जानकारी लिनुका साथै आफ्नो रोजाइको गाडी बुकिङ गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend