काठमाडौं- भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरीका परिवालाई १० लाख रूपैयाँ राहत उपलब्ध गराइने भएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीतिनिर्माण समितिको बैठकले प्रहरी नियमावलीबमोजिम उपलब्ध हुने सेवासुविधाका अतिरिक्त राहतस्वरूप जनही १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै, दिवंगत प्रहरी कर्मचारीले 'नेपाल प्रहरी कल्याण कोष'बाट लिएको 'विशेष सापटी ऋण' पनि मिनाहा हुने भएको छ।
परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने, साथै नेपाल प्रहरी स्कुलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
भोटेकोशी बाढीमा नेपाल प्रहरीका पनि ६५ प्रभावित भएका छन्। २५ जना अझै सम्पर्कविहीन छन्।
बाढीबाट हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ।